अनलाइन प्रोपोगान्डा अभियानमा अमेरिकी सेना संलग्न भएको मेटाको दाबी

  • Technology Khabar | ८ मंसिर २०७९, बिहीबार
अनलाइन प्रोपोगान्डा अभियानमा अमेरिकी सेना संलग्न भएको मेटाको दाबी

काठमाडौं ।

अमेरिकी सेनासँग सम्बन्धित व्यक्तिहरुले अनलाइन प्रोपोगान्डा अभियानसँग जोडिएको मेटाको पछिल्लो विरोधी धम्की रिपोर्टमा उल्लेख छ।

यो अभियानको एक ठूलो टेक कम्पनीले विफल पारेको पहिलो ठूलो गोप्य प्रो अमेरिकी प्रोपोगान्डा भएको सवतन्त्र अनुसन्धानकर्ताहरुले अगस्टमा बताएको बीबीसीले उल्लेख गरेको छ।

यो अभियानले अमेरिका र उसका सहयोगीहरुलाई समर्थन गरेको थियो भने रुस, चीन रइरान जस्ता देशहरुको विरोध गरेको थियो।

विज्ञहरुले यो अभियान प्रभावहीन भएको बताएका छन्।

फेसबुकका ३९ एकाउन्ट, १६ पेज र दुई ग्रुप सहित २६ इन्स्ट्राग्रम एकाउन्ट पनि हटाएको छ। प्लेटफर्मको समन्वयित अप्रमाणिक व्यवहार उल्लघन गरेको आरोपमा यी एकाउन्ट, पेस र ग्रुप मेटाले हटाएको हो।

यो नेटवर्क अमेरिकामा उत्पन्न भएको मेटाले लेखेको छ।

यो अभियान अफगानिस्तान, अल्जेरिया, इरान, इराक, काजाकिस्तान, किर्गिस्तान, रुस, सामालिया, सिरिया, ताजिकिस्तान, उज्वेकिस्तान र यमन लगायतका देशहरुमा केन्द्रित थियो। यस प्रोपोगान्डामा पश्चिमी देशहरुको पनि सहयोग थियो।

यसका लागि झुटो व्यक्ति, कृतिम रुपमा तयार गरिएको तस्विर, विभिन्न प्लेटफर्ममा अभियानका रुपमा चलाइएको थियो।

इरानलाई लक्षित गर्ने एकाउन्टहरुले इरानी अधिकारीहरू र उनीहरूको नीतिहरूको आलोचना गरेका थिए र महिला अधिकार जस्ता मुद्दाहरू पोस्ट गरेको अनुसन्धानकर्ताहरूले भने।

अमेरिकालाई समर्थन गर्नेहरू मध्ये केहीले स्वतन्त्र मिडिया आउटलेटको रूपमा प्रस्तुत गरेका थिए र केहीले वैध आउटलेटहरू, जस्तै बीबीसी न्यूज रूसी, उनीहरूको आफ्नै रूपमा पठाउने प्रयास गरेका थिए।

मेटाका अनुसार ट्विटर, यूट्यूब, टेलिग्रामलगायत धेरै इन्टरनेट सेवाहरुमा यो अपरेसन चलेको थियो।

प्रकाशित: ८ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार