
काठमाडौं ।
एलजीले स्ट्रेची एलसीडी प्यानल लगत्तै गाडीको इन्टोरिएरलाई लक्षित गरी सुपर थिन स्पीकर ल्याटेस्ट ग्याजेटको रुपमा हालै अनावरण गरेको छ।
ग्लोबल अडियो कम्पनीले विकास गरेको पातलो एक्चुएटर साउन्ड सोलुसनले अब गाडीहरुमा रहेका पुराना तथा परम्परागत स्पीकरहरुलाई प्रतिस्थापना गर्ने एलजीको दाबी छ।
प्राय सामान्य स्पीकरहरुमा जस्तो भ्वाइस कोइल्स , कोन्स र म्यागनेट नभई सुपर थिन स्पीकरले फिल्म-जस्तो एक्साइटर टेक्नोलोजी प्रयोग गरेको एलजीले जनकारी गराएको छ। सुपर थिन स्पीकरेकोे रिच, थ्रीडी इमर्सिभ साउन्डले गाडी भित्रको विभिन्न पार्टस र डिस्प्ले प्यानल भाइब्रेट गरी मज्जाको अनुभूति गराउने कम्पनीको दाबी छ।
परम्परागत स्पीकरहरुको तुलनामा एलजीको सुपर थिन स्पीकरको तौल मात्र १.४ औन्स र सानो डाइमेन्सनको (५.९/३.५ इन्च) रहेको कम्पनीले उल्लेख गरेको छ। सानो भएकै कारण सुपर थिन स्पीकरलाई गाडीको इन्टोरिएर पार्टसहरु जस्तै ड्यासबोर्ड, हेडलाइनर पिर्लस र हेडरेस्टमा साउन्ड क्वालिटि कम्प्रमाइज नगरि लुकाउन मिल्ने एलजीले उल्लेख गरेको छ।
यो कन्सेप्ट नौलो भने होइन। विगतमा सोनि र एलजी आफैँले यो जस्तै समान भाइब्रेटिङ्ग प्यानलहरु ओएलईडी टेलिभिजनहरुमा प्रयोग गरिसकेका छन्। गाडी भित्र इन्टोरिएर पार्टसहरुको रुपमा भने यो नौलो भएको कम्पनीले जनकारी गराएको छ।
प्रकाशित: ६ मंसिर २०७९, मंगलवार