
काठमाडौं ।
ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो अन्तराष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गरेर “फुटबल हंगामा” नामक योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएल टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टीसर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। साथै टिसिएलका कुनै पनि होम इन्टरटेनमेन्ट र होम एप्लायन्स उत्पादनहरु खरिद गर्दा १ भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके टेलिभिजन पनि जित्न सक्नेछन्।
ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन टिसिएल टाईप गरि आफ्नो नाम र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस् एम एस् गर्नुपर्नेछ । यो योजना मङ्सिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभरी लागू हुने कम्पनीले जनाएको छ।
यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो, एक्सचेन्ज अफर र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।
टिसिएल ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको आधिकारिक विश्वव्यापी प्रायोजक पनि हो। नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ।
प्रकाशित: ५ मंसिर २०७९, सोमबार