विश्वकप फुटबल शुरु हुने समयमा भायनेट कम्युनिकेसनको आईपीटिभी डाउन

  • Technology Khabar | ४ मंसिर २०७९, आईतवार
विश्वकप फुटबल शुरु हुने समयमा भायनेट कम्युनिकेसनको आईपीटिभी डाउन

काठमाडौं ।

फिफा विश्वकप फुटबल शुरु हुने समयमा इन्टरनेट तथा आईपीटिभी सेवा प्रदायक भायनेट कम्युनिकेसनको आईपीटिभी डाउन भएको छ। फिफा वर्ल्ड फुटबलको उद्घाटन शुरू हुने समयमा नै कम्पनीको भायाटिभी सेवामा समस्या आएको हो।

आईपीटिभीमा समस्या आएसँगै सेवा प्रयोगकर्ताहरुले भने हेर्न नपाएको गुनासो गरेका छन्।

उता कम्पनीले भने अत्यधिक प्रयोगकर्ताले लाइभको प्याकेज खरिद गरेपछि आईपीटिभी डाउन भएको जनाएको छ।

‘आदरणीय ग्राहक महानुभावहरू, उच्च ट्राफिकको कारणले, तपाईंले टिभीसेवा र वर्ल्डकप कुपन खरिदमा समस्या सामना गरिरहनुभएको हुनसक्छ। हामी सकेसम्म चाँडो समस्या समाधान गर्न काम गरिरहेका छौं,’ कम्पनीले फेसबुकमा पोस्ट गर्दै लेखेको छ।

यसका साथै कम्पनीले ग्राहकहरुसँग क्षमा समेत मागेको छ भने थप अपडेट दिने बताएको छ।

तर अन्य आईपीटिभी सेवा प्रदायकहरुको सेवा भने सुचारु रहेको छ।

प्रकाशित: ४ मंसिर २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार