
काठमाडौं ।
आज भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदानको कार्य र समय सकिएको छ भने धमाधम मतपत्रसहितका मतपेटिकाहरु मतपत्र गणना केन्द्रमा लैजाने क्रममा छ।
आयोगले अब मतपत्र गर्ने काम शुरु गर्ने र सकेसम्म छिटै मतपत्र गनेर परिणाम सार्वजनिक गर्ने उल्लेख गरिसकेको छ।
मतपत्र गणनाको क्रमसँगै आयोगले आफ्नै वेबसाइटमार्फत आधिकारीक जानकारी दिने भएको छ। यसको लागि आयोगले छुट्टै वेबसाइट तयार गरेको छ र त्यसमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा क्षेत्रको आधारमा उम्मेदवारहरुको बिबरण र जानकारीहरु राखिएको छ ।
जसमा उम्मेदवारले प्राप्त गरेको आधारमा अपडेट गर्ने जानकारी दिएको छ। सो जानकारी अनलाइनहरुले समेत आफ्नो वेबसाइटमा कोडसहित राखेर प्रयोग गर्न सक्नेछन् ।
यसको लागि सिधै आयोगको मत परिणाम वेबसाइट result.election.gov.np मार्फत जानकारी लिन सकिनेछ।
उक्त वेबसाइटमा प्रदेश, जिल्ला, क्षेत्र, उम्मेद्वारको नाम चुनाव चिन्हलगायतका बिबरणको आधारमा समेत जानकारी र मतपरिणाम हेर्न सकिनेछ।
यसमार्फत तपाईँले पनि आफ्नो क्षेत्रका प्रतिनिधि सभा र प्रदेश सभा दुबैतर्फको जानकारी हेर्न सक्नुहुनेछ।
प्रकाशित: ४ मंसिर २०७९, आईतवार