मतदानमा सहभागी हुन मतदाताहरुलाई धमाधम एसएमएस पठाईँदै

  • Technology Khabar | ३ मंसिर २०७९, शनिबार
मतदानमा सहभागी हुन मतदाताहरुलाई धमाधम एसएमएस पठाईँदै

काठमाडौं ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि टेलिकम कम्पनीहरुले मतदातालाई धमाधम एसएमएस पठाईरहेका छन्।

टेलिकम अपरेटरहरुले मतदानमा सहभागी हुनका लागि भन्दै धमाधम हरेक सेवाग्राहीहरुलाई एसएमएसमार्फत जानकारी पठाईरहेका छन् ।

यसअघि चुनावमा आफूलाई वा आफ्नो पक्षलाई भोट दिन भन्दै एसएमएस वा भ्वाइस कलमार्फत रेकर्डेड फोन आएकोमा अहिले भने निर्वाचन आयोगको अनुरोधसहितको एसएमएस पठाईएको देखिन्छ।

सबै मोबाइल प्रयोगकर्ताहरुलाई आयोगका प्रमुख निर्वाचन आयुक्तको तर्फबाट अनुराेधसहितको एसएमएस पठाईएको हो।

“२०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्नुहुन सम्पूर्ण मतदाताहरुलाई हार्दिक अपिल गर्दछु”- सेवाग्राहीहरुलाई पठाईएको एसएमएसमा लेखिएको छ।

प्रकाशित: ३ मंसिर २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...