पाँचथरका मतगणनास्थलमा सीसी क्यामरा जडान

  • Technology Khabar | ३ मंसिर २०७९, शनिबार
पाँचथरका मतगणनास्थलमा सीसी क्यामरा जडान

काठमाडौं ।

मतदान गर्ने मिति नजिकिँदै गर्दा पाँचथरमा मतगणनास्थलको व्यवस्थापन गर्नेकाम सकिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलमा सीसी क्यामरा जडानसँगै तारजाली लगाउने र गणनास्थल रहेको फिदिमस्थित जिल्ला समन्वय समिति अगाडिको कर्भड हल रहेको क्षेत्रमा सुरक्षा प्रबन्ध मिलाउने काम सम्पन्न गरेको हो।

प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभा सदस्यका लागि दुई निर्वाचन क्षेत्र रहेको पाँचथरका सबै मतपेटिका कर्भड हलमा राखेर सोही हलमा तीनवटा समूहले गणना गर्नेगरी ठाउँको व्यवस्थापन गरिएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिए।

गणनास्थलमा तारजाली लगाउनका साथै सुरक्षा पोष्ट, मिडिया डेस्क र आवश्यक संरचना निर्माण गरिएको छ। गणनास्थलमा सीसी क्यामरा सहितका सुरक्षा प्रबन्ध मिलाइएको छ। गोरखापत्रबाट

प्रकाशित: ३ मंसिर २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार