केयूकेएलले कम्प्यूटर सफ्टवेयर प्रणाली अपडेट गर्ने, चार दिन सेवा बन्द हुने

  • Technology Khabar | २ मंसिर २०७९, शुक्रबार
केयूकेएलले कम्प्यूटर सफ्टवेयर प्रणाली अपडेट गर्ने, चार दिन सेवा बन्द हुने
फाइल तस्बिर

काठमाडौं ।

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आफ्नो कम्प्यूटर सफ्टवेयर प्रणाली अपडेट गर्ने भएको छ।

कम्पनीले यहि ६ गतेदेखि ९ गतेसम्म चार दिन सफ्टवेयर प्रणालीहरू अद्यावधिक गर्ने भन्दै उक्त अवधिभर महशुल संकलन कार्य बन्द हुने बताएको छ।

कम्पनीले महशुल भुक्तानी लगायत सेवाहरू बन्द रहने बारेको सूचना यस कम्पनीका महशुल संकलन, नयाँ धारा जडान तथा गुनासो संकलन सम्बन्धी कार्यहरू कम्प्यूटर सफ्टवेयर प्रणालीमार्फत गरिंदै आएको उल्लेख गरेको छ।

उक्त सफ्टवेयर प्रणालीहरू अद्यावधिक गर्नको लागि मिति मंसिर ६ गते बिहान १० बजेदेखी मंसिर ९ गते बेलुका ५ बजेसम्म कम्पनीका सम्पूर्ण शाखा कार्यालयहरूका महशुल काउन्टर, अनलाईन महशुल भुक्तानी, नयाँ धारा जडान र गुनासो संकलन कार्यहरू बन्द रहने जानकारी दिएको छ।

प्रकाशित: २ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार