
काठमाडौं ।
माईक्रोन टेक्नोलोजी इंकले आफ्नो नियमित मेमोरी चिप्सको उत्पादन घटाएर खर्च कटौती गर्ने निर्णय गरेको छ।
दशकको उच्च मूल्यवृद्धिको सेरोफेरोमा माईक्रोनले बजारमा कम्प्युटर र स्मार्टफोनको मागमा गिरावट आउनेछ भनेर चेतावनी दिने पहिलो प्रमुख चिपमेकर कम्पनी भएको रोयर्टसले उल्लेख गरेको छ।
लामो समय देखि आपूर्तिमा अवरोध सामना गरिरहेका चिप मेकर र इलेक्ट्रोनिक्स कम्पनीहरुले त्यसको बावजुद मागको वृद्धिलाई दिगो बनाउनको लागि तयारी गरिरहेका अवस्थामा उनीहरुले आफ्नो उत्पादन स्टकमा थुप्रिएको पाएका छन्।
यो वर्ष फिलाडेल्फिया एस.ई सेमिकन्डक्टर इन्डेक्स अहिलेसम्म ३१ प्रतिशतले घटेको छ।
कम्पनीले उल्लेखनीय सुधार गर्नको लागि डीआरएम बिट आपूर्ति संकुचित गरि एनएएनडी बिट आपूर्ति वृद्धि अघिल्लो अनुमान भन्दा कम हुनुपर्ने आवश्यक रहेको जानकारी गराएको छ।
माईक्रोनले सेप्टेम्बर १ मा समाप्त भएको चौथो त्रैमासिकको तुलनामा डीआरएम र एनएएनडी वेफर शरु हुने वा सेमिकन्डक्टरको उत्पादनमा प्रारम्भिक प्रक्षेपण भन्दा लगभग २० प्रतिशतले घटाउदै छ।
प्रकाशित: १ मंसिर २०७९, बिहीबार