सन्ध्या देवनाथन मेटा इन्डियाको नयाँ प्रमुख

  • Technology Khabar | १ मंसिर २०७९, बिहीबार
सन्ध्या देवनाथन मेटा इन्डियाको नयाँ प्रमुख

काठमाडौं ।

समाजिक सञ्जाल मेटाले सन्ध्या देवनाथनलाई मेटा इन्डियाको उपाध्यक्ष नियुक्त गरेको छ। सन्ध्यालाई अजीत मोहनको स्थानमा मेटा इन्डियाको प्रमुखको रुपमा नियुक्त गरिएको लाइभमिन्टले उल्लेख गरेको छ।

अजीतले यस महिनाको शुरुआतमा फेसबुक, इन्स्ट्राग्राम, ह्वाट्सएपको मुख्य कम्पनी मेटाको उपाध्यक्षबाट राजीनामा दिएका थिए।

मेटा चिफ बिजनेस अफिर मार्ने लेविनले भारतका लागि हाम्रो नयाँ नेताको रुपमा सन्ध्यालाई स्वागत गर्न पाउँदा खुसी भएको बताएका छन्। सन्ध्या व्यवसाय बढाउने, असाधारण र समावेशी टिम निर्माण गर्न, प्रोडक्ट इनोवेशन चलाउन तथा मजबूत साझेदारी बनाउने ट्रयाक रेकर्ड छ। हामी उनको नेतृत्वमा मेटाको निरन्तर वृद्धिलाई लिएर रोमान्चित छौं।

को हुन् सन्ध्या देवनाथन

सन्ध्यासँग २२ वर्षको बैकिङ, भुक्तानी र प्रविधिमा अन्तर्राष्ट्रिय अनुभव भएको विश्वव्यापी लिडर हुन्। उनले सन् २००० मा दिल्ली विश्वविद्यालयबाट फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडीजमा एमबीए गरेकी छिन्।

उनी २०१६ देखि मेटामा आबद्ध छिन्। उनले सिंगापुर र भियतनाममा व्यावसाय र टिमहरुसँगै दक्षिणपूर्व एशियामा मेटाको ईकमर्श पहलहरु निर्माण गर्न मद्दत गरेकी छिन्। त्यसपछि उनी मेटाका लागि सबैभन्दा ठूलो उपलब्धी मध्येको एक एपीएसी गेमिङको नेतृत्व गर्न २०२० मा इन्डोनेसिया गइन्।

जनवरी २०२३ मा पद ग्रहण गर्ने

सन्ध्याले २०२३ जनवरी १ देखि मेटा इन्डियाको नेतृत्व गर्ने छिन्। त्यस अघि उनले एपीएसपी उपाध्यक्ष डैन नियरीलाई रिपोर्ट गर्ने छिन्। कम्पनीका अनुसार उनी भारतमा संगठन र रणनीति नेतृत्व गर्नका लागि भारतमा आउने छिन्। सन्ध्याले भारत चार्टरको नेतृत्व गर्नेछिन्। भारतका अग्रणी ब्रान्ड, क्रेटर्स, विज्ञापनदाता र साझेदारहरुसँग रणनीतिक सम्बन्ध सुधार गर्ने उनको प्रयास हुनेछ।

प्रकाशित: १ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार