यी हुन सेक्यूरिटी अडिट गरेर प्रतिवेदन बुझाउने दूरसञ्चार सेवा प्रदायक

  • Technology Khabar | २९ कार्तिक २०७९, मंगलवार
यी हुन सेक्यूरिटी अडिट गरेर प्रतिवेदन बुझाउने दूरसञ्चार सेवा प्रदायक

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले आन्तरिक सेक्यूरिटी अडिट गर्ने तथा क्लाउड अडिट गर्ने सेवा प्रदायकहरुको नाम प्रकाशित गरेको छ।

प्राधिकरणकाअनुसार आर्थिक वर्ष २०७८/७९ को लागि हालसम्म ११ ओटा आन्तरिक आईएस अडिट तथा क्लाउड अडिट गर्ने कम्पनीहरुले बिबरण बुझाएका छन्।

यसरी प्रतिवेदन बुझाउनेमा दुईओटा टेलिकम अपरेटरहरु छन भने अरु इन्टरनेट सेवा प्रदायक छन्।

प्राधिकरणकाअनुसार त्यसरी अडिट गरेर बिबरण बुझाउने कम्पनीहरुमा एक्सेसवर्ल्ड टेक प्रालि, एयरलिंक कम्युनिकेसन सर्भिस प्रोभाइडर प्रालि, सीजी कम्युनिकेसन्स लिमिटेड, एनसेल आजियाटा लिमिटेड, पाथिभरा नेटवर्क प्रालि, पोखरा इन्टरनेट प्रालि, स्मार्ट टेलिकम प्रालि, सुबिसु केबल नेट प्रालि,टेकमाइण्डस नेटवर्क प्रालि,यूनिफाईड कम्युनिकेसन्स प्रालि रहेका छन् ।

प्राधिकरणको साइबर सुरक्षा विनियमावली-२०७७ को आधारमा सेवा प्रदायकहरुले इन्टरनल आईएस अडिट तथा क्लाउड अडिट गरेर वार्षिकरुपमा प्रतिवेदन बुझाउनुपर्छ।

यसरी अडिट नगर्ने र प्रतिवेदन नबुझाउने कम्पनीहरुलाई प्राधिकरणले दूरसञ्चार ऐनअनुसार कारबाही गर्नेछ।

अनुमति प्राप्त सेवा प्रदायकहरुले प्राधिकरणको सूचीमा रहेका अडिट कम्पनीहरुमार्फत आईएस र क्लाउड अडिट गराउनुपर्ने हुन्छ। जसको लागि प्राधिकरणले वार्षिकरुपमा अडिटरहरुको नाम सूचीबद्ध गर्दै आएको छ।

List-of-Licnesee-who-have-submitted-Internal-audit-report-207879

प्रकाशित: २९ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...