
काठमाडौं ।
नासा ‘हरिकेन निकोल’ का कारण स्पेस लन्च प्रणाली (एसएलएस) र ओरियनमा कुनै ठूलो मर्मत आवश्यक छैन भन्ने पत्ता लागेसँगै अर्को आर्टेमिस १ प्रक्षेपण प्रयास नोभेम्बर १६ मा गर्नका लागि अगाडि बढिरहेको छ।
यहि नोभेम्बर ११ मा पत्रकारहरूसँगको एक कलमा, अन्वेषण प्रणाली विकासका लागि नासाका एसोसियट्स प्रशासक जिम फ्रीले प्राविधिकहरूले एक दिन अघि आँधीबाट उत्पन्न हुने सानातिना समस्याहरूमा काम गरिरहेका थिए तर हालको अनुमानित प्रक्षेपण मितिको लागि समयमै मर्मत गर्न नसकिने कुराहरू नभएको बताएका स्पेसन्यूजले उल्लेख गरेको छ।
“अहिले, हामीलाई १६ औंमा पुग्न कुनै पनि कुराले रोकेको छैन,” उनले भने, “हामीसँग केहि काम मात्र छ।”
त्यो कामले उडानको लागि आवश्यक नपर्ने ओरियन लन्च एबोर्ट सिस्टममा आरटिभी भनेर चिनिने केही सुस्त ‘कल्क’ काट्ने समावेश गर्दछ। एउटा एसएलएस इन्जिनमा ‘रेन कभर’ च्यातिएको थियो र फिक्स भइरहेको छ।
भेहिकललाई प्याडमा राख्दा नोभेम्बर १६ को प्रक्षेपण प्रयासका साथै नोभेम्बर १९ को ब्याकअप मिति पनि सुरक्षित हुन्छ। नासाले हालको प्रक्षेपणमा उपलब्ध अन्तिम मिति नोभेम्बर २५ को थप प्रक्षेपण मिति पनि सुरक्षित गरेको बताईएको छ।
नासासँग दुई घण्टाको विन्डो छ जसमा आर्टेमिस १ नोभेम्बर १६ मा प्रक्षेपण गर्न सकिन्छ। यसको मतलब प्रक्षेपण स्थानीय समयअनुसार १:०४ बजे र ३:०४ बजे (०६०४-०८०४ जीएमटी) को बीचमा कुनै पनि समयमा हुन सक्ने नासाले लक्ष्य राखेको छ।
यदि प्राविधिक समस्याहरू वा खराब मौसमले आर्टिमिस १ मिसनलाई ढिलाइ गर्यो भने, नासासँग केही विकल्पहरू छन्। जुन अन्य दिनका लागि तोकिएका छन्।
नासाले सबैभन्दा पहिले आर्टिमिस १ मिसन भनिने एसएलएसलाई अगस्ट ९ तारिखमा उडाउने योजना गरेको थियो। तर प्राविधिक त्रुटीहरुका कारण यसमा पटक पटक ढिलाई हुँदै आएको छ।
प्रकाशित: २८ कार्तिक २०७९, सोमबार