
काठमाडौं ।
बेलायतको नियामक अफकमले नयाँ स्पेस स्पेक्ट्रम रणनीति घोषणा गरेको छ। त्यसैगरी ताररहित आविष्कार र अन्तरिक्ष क्षेत्रलाई समर्थन गर्न थप सहयोगको घोषणा गरेको छ।
यसले स्याटेलाइट सेवाहरूको लागि थप रेडियो स्पेक्ट्रम उपलब्ध गराउनेछ भने स्टारलिंक र टेलिस्याटलाई नयाँ इजाजतपत्रहरू प्रदान गरेको छ।
यसका साथै नयाँ र अवस्थित स्पेक्ट्रम प्रयोगकर्ताहरूको लागि नवीनता र वृद्धिलाई समर्थन गर्न डिजाइन गरिएको नयाँ योजना भविष्य-केन्द्रित स्पेक्ट्रम योजना प्रकाशित गरेको छ।
प्रकाशित: २७ कार्तिक २०७९, आईतवार