नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा प्रभावकारी बन्दै

  • Technology Khabar | २५ कार्तिक २०७९, शुक्रबार
नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा प्रभावकारी बन्दै

काठमाडौं ।

नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा प्रभावकारी बनेको छ। यो सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ।

कम्पनीकाअनुसार यस अन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रति सन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्दछ। यस अफरमा आवश्यकता बमोजिम २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकै पटक वा पटक पटक सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ। जम्मा २ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत रु. १००० (एक हजार,करबाहेक) मा दुई दिन भित्रमा २ हजार सन्देश पठाउन सकिन्छ।

यसैगरी ५ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा रु. २,५०० (पच्चिस सय,करबाहेक) मा ५ (पाँच) दिनभित्रमा ५ हजार सन्देश पठाउन सकिन्छ । यसका साथै १०,००० (दश हजार) वटा सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा रु. ५,००० (पाँच हजार,करबाहेक) मा १० दिन (दश दिन) भित्रमा जम्मा १०,००० हजार वटा सन्देश पठाउन सकिन्छ । यस अफरमा कम्पनीको नेटवर्क भित्र मात्र सन्देश पठाउन सकिन्छ ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नै नाममा कम्पनीको सिमकार्ड हुनुपर्नेछ र प्रेषित सन्देशको भाषा, शब्द र भावका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मोवार हुनुपर्नेछ।

यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने छ। ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सेल सिट मार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

ADB and Huawei Nepal join hands with Vishwa Niketan Secondary School to advance smart education

  • Technology Khabar
  • २५ कार्तिक २०७९, शुक्रबार