ट्विटरका मालिक इलन मस्क ‘कानूनभन्दा माथि नहुने’, अमेरिकी नियामकको चेतावनी

  • Technology Khabar | २६ कार्तिक २०७९, शनिबार
ट्विटरका मालिक इलन मस्क ‘कानूनभन्दा माथि नहुने’, अमेरिकी नियामकको चेतावनी

काठमाडौं ।

अमेरिकी नियामकले शीर्ष प्राइभेसी र कम्प्लाइन अफिसरहरुले ट्विटर छोडपछि ‘गहिरो चिन्ता’का साथ घटनाहरु हेरिरहेको बताएको छ।

संघीय व्यापार आयोग (एफटीसी)ले ट्विटरका नयाँ प्रमुख कार्यकारी इलन मस्क ‘कानून भन्दा माथि नभएको’ बताएको बीबीसीले उल्लेख गरेको छ।
ट्विटर टाट पल्टिने प्रश्न नउठेको मस्कले कर्मचारीहरुलाई बताएका छन्।

गत हप्ता मस्कले हजारौं कर्मचारीहरुलाई बर्खास्त गर्न थालेसँगै कम्पनीमा समस्या उत्पन्न भएको अडकल काटिएको छ।

नयाँ सबक्रिप्सनको रूपमा प्रयोगकर्ताहरूको भेरिफिकेसन स्ट्याटस किन्न सक्ने क्षमताले ट्विटर नक्कली खाताहरूले भरिन सक्ने चिन्ता बढाएको छ।

बिहीबार, योएल रोथ, जो ट्विटरको ट्रस्ट र सेफ्टी प्रमुख थिए, सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्नो प्रोफाइल अपडेट गरे उनी अब उक्त भूमिकामा नरहेको जानकारी गराएका छन्।

चिफ प्राइभेसि अफिसर डेमियन किरन र चिफ कम्प्लाइन्स अफिसर मारियान फोगार्टीले राजीनामा दिएका छन् र कम्पनीका चिफ सेक्यूरिटी अफिसर ली किस्नरले पनि राजीनामा दिएका छन्।

बर्गिहमनले नियामक आदेशहरु उल्लघन हुने जोखिम बढाउन सक्छ। प्रयोगकर्ताको डाटा बिक्री गरेकोमा फर्मलाई मेमा १५० मिलियन अमेरिकी डलर जरिवान गरिएको थियो। नयाँ प्राइभेसी नियममा सहमत हुनुपर्यो।

हामी गहिरो चिन्चाका साथ ट्विटरका हालैका घटनाक्रमहरु ट्रयाक गर्दैछौं,’ एफटीसीको सार्वजनिक मामिलाका निर्देशक डगलस फारारले भने, ‘कुनै पनि प्रमुख कार्यकारी वा कम्पनी कानून भन्दा माथि छैन, र कम्पनीहरूले हाम्रो सहमति आदेशहरू पालना गर्नुपर्छ।’

फारारले भने एफटीसीसँग कम्प्लाइन्स सुनिश्चित गर्न नयाँ उपकरणहरु छन्, हामी तिनीहरुको प्रयोग गर्न तयार छौं।

 

प्रकाशित: २६ कार्तिक २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार