सफ्टवेरिकामा ह्याकिङ तथा साइबर सेक्युरिटीसम्बन्धी कार्यक्रम

  • Technology Khabar | २४ कार्तिक २०७९, बिहीबार
सफ्टवेरिकामा ह्याकिङ तथा साइबर सेक्युरिटीसम्बन्धी कार्यक्रम

काठमाडौं ।

सफ्टवेरिका कलेजको आयोजनामा एथिकल ह्याकिङ र साइबर सुरक्षासम्बन्धी कार्यक्रम शुक्रबार हुने भएको छ। डिजिटल अपराधमा एथिकल ह्याकरको भूमिका नाम दिइएको कार्यक्रम शुक्रबार बिहान १० बजे डिल्लीबजारस्थित सफ्टवेरिका कलेजमा हुनेछ।

यो कार्यक्रम प्लस टु र स्नातक तह अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरिएको कलेजले जानकारी दिएको छ। कार्यक्रममा सहभागी हुन अनलाइनमार्फत् नाम दर्ता गर्न सकिनेछ।

कार्यक्रममा अमेरिकाको गुप्तचर विभागको नेशनल कम्प्युटर फोरेन्सिक इन्स्टिच्युट, नेशनल ह्वाइट कलर क्राइम सेन्टर, नर्थइस्ट काउन्टर ड्रग ट्रेनिङ सेन्टर, फेडरल ब्यूरो अफ इन्भेस्टिगेशनको टेक्नोलोजी विभाग, फिल्ड डिभिजनबाट प्रशिक्षित भएका प्रशिक्षक रोबर्ट भ्यानवेले ह्याकिङबारे जानकारी दिनेछन्।

उनी कम्प्यूटर र वित्तीय अपराधहरूमा विशेषज्ञता, विशेष गरी अनलाइन धोखाधडी, कम्प्युटर, नेटवर्क ह्याकिंग, बालबालिकाको अनलाइन शोषण र मानव तस्करी अनुसन्धानमा उत्कृष्ट भएर न्यूयोर्क राज्यका महान्यायाधिवक्ता र फेडरल ब्यूरो अफ इन्भेस्टिगेशनबाट पुरस्कृत भएका थिए।

कार्यक्रम सफ्टवेरिका कलेजको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण हुनेछ। १२ वर्षदेखि सूचना प्रविधिसम्बन्धी उच्च शिक्षा प्रदान गर्दै आएको कलेजले समय समयमा सूचना प्रविधिसम्बन्धी विभिन्न वर्कसपहरु गर्दै आएको छ।

प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार