ग्यापुको हजारमा बजार शुरु

  • Technology Khabar | २४ कार्तिक २०७९, बिहीबार
ग्यापुको हजारमा बजार शुरु

काठमाडौं ।

नेपाली ई कमर्स कम्पनी ग्यापु मार्केटले हजारमा बजार योजना ल्याएको छ। यस योजनाअन्तर्गत एक हजार रुपैयाँसम्म सबै किसिमका सामान किन्न सकिनेछ ।

हजार रुपैयाँमा लुगादेखि इलेक्ट्रिक सामानसम्म किन्न पाइनेछ। यसमा विशेष गरेर जाडो मौसमका लागि न्यानो लुगाहरु धेरै राखिएको ग्यापु मार्केटप्लेसको डेपुटी सिइओ सुजनी केसीले जानकारी दिइन्।

यो योजना कार्तिक २५ गतेदेखि शुरु भइ लामो समय सम्म चल्ने बताइएको छ।

लकडाउनको समयमा सञ्चालनमा आएको ग्यापुले अहिले नेपाल भरि नै घरायसी सामाग्री, किराना, सौन्दर्य, फेसन एवं स्वास्थ्यसम्बन्धी सामाग्री डेलिभर गर्दै आइरहेको छ।

ग्यापुमा हजारभन्दा बढी भेन्डर र चार लाखबढी प्रोडक्ट उपलब्ध छन्। स्थापनाको छोटो समयमै वेबसाइट र मोबाइल एपमार्फत् ३ हजार पाँच सयभन्दा बढी भेन्डर्स र २ लाख १५ हजारभन्दा बढी ग्राहक दर्ता भई सेवा लिइरहेका छन्।

प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार