नाष्टद्वारा विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्ता पुरस्कृत

  • Technology Khabar | २४ कार्तिक २०७९, बिहीबार
नाष्टद्वारा विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्ता पुरस्कृत

काठमाडौं ।

विज्ञान र प्रविधिको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्तालाई आज पुरस्कृत एवम् सम्मानित गरिएको छ। देशको विकास र जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन विज्ञान तथा प्रविधिलाई पूर्णरुपमा सदुपयोग गरी औद्योगिक, सामाजिक क्षेत्रको प्रगतिका लागि वैज्ञानिक खोज र अनुसन्धानलाई प्रोत्साहित गर्ने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले २०७८ सालको विभिन्न पुरस्कार आज आयोजित कार्यक्रममा वितरण गरेको हो।

सो अवसरमा कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार नेपाल कृषि अनुसन्धान परिषद् विज्ञान पुरस्कार डा कोमलराज रिजाल, प्रविधि पुरस्कार प्रा. डा. सुदर्शनराज तिवारी, विज्ञान तथा प्रविधि युवा पुरस्कार क्रमशः डा. लक्ष्मीकुमार पराजुली, डा. निरञ्जन कोइराला, डा. प्रदीपकुमार पौड्याल, डा. रक्षा डङ्गोल, डा. अनु भट्टराई, दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार सायरा विष्ट र सुरेन्द्रकुमार सुवेदी तथा महिला विज्ञान तथा प्रविधि पुरस्कार डा. बबिता पौडेललाई प्रदान गरियो ।

त्यसैगरी, प्रज्ञा–प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार क्रमशः प्रकाशचन्द्र अमात्य, कमल रानाभाट, विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार छत्र कार्की, फणीन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कार विष्णुप्रसाद कँडेल, मोहनध्वज बस्नेत प्रविधि प्रज्ञा पुरस्कार मेकानिकल इन्जिनियरिङ विभाग, काठमाडौं विश्वविद्यालय, जीतबहादुर नकर्मी धातु प्रविधि पुरस्कार थापा इन्जिनियरिङ इण्डस्ट्रिज प्रालि भुवनेश्वर प्रविधि पुरस्कार एरोविक्स कम्पनी प्रावि र काजी इन्द्र कटुवाल कृषि पुरस्कारबाट डा. टेकप्रसाद गोतामे पुरस्कृत भएका छन्।

सो अवसरमा वैज्ञानिक तथा प्राविधिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनु भएका प्रा. डा. प्रेमनाथ मास्के, प्रा. डा. भद्रमान तुलाधर, डा. सुशीला भट्टराई, डा. केदार बुढाथोकी र विमला मास्केलाई सम्मानित गरिएको थियो ।

पुरस्कार तथा सम्मान वितरण गर्दै नाष्टका उपकुलपति डा सुनिल बाबु श्रेष्ठले समाजका लागि विज्ञान भन्ने अभियानका साथ नाष्टले स्थापनाकालदेखि नै प्रविधिलाई सरल तथा सहज रूपमा नेपाली समाजमा स्थापित गर्दै आएको बताए।

उनले हाम्रोजस्तो विकासोन्मुख मुलुकमा विज्ञान र प्रविधिको विकास अपरिहार्य भएकाले सात ओटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरी विज्ञानलाई गाउँस्तरसम्म पुर्‍याउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। सो अवसरमा उपकुलपति श्रेष्ठले बाली विज्ञान शब्दकोश सम्बन्धी पुस्तकको विमोचन पनि गरे।

कार्यक्रममा नाष्टका सचिव डा. महेशकुमार अधिकारीले कोभिड महामारीका कारण अघिल्लो वर्षको पुरस्कार यस वर्ष वितरण गर्नुपरेको बताए।

प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २४ कार्तिक २०७९, बिहीबार