
काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरा स्थिति गण्डक जलविद्युत केन्द्रको गण्डक जलविद्युत केन्द्रको स्वामित्वको खाली जग्गामा करिब ६ मेगावाट जडित क्षमताको सौर्य विद्युत आयोजना निर्माण गर्ने भएको छ। केन्द्रको स्वामित्वमा रहेको करिब ३४ बिघा जग्गामध्ये ९.७ बिघा जग्गामा सौयै विद्युत आयोजना निर्माण गरिने छ।
गण्डकसहित लमजुङ स्थित मध्यमस्याङ्दी र सुर्खेतस्थित झुप्राखोला साना जलविद्युत केन्द्रको स्वामित्वको जग्गामा गरी करिब ९ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गरिने छ। आयोजनाको अनुमानित लागत एक करोड १५ लाख युरो रहेको छ।
आयोजना निर्माणका लागि जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत ६० लाख युरो अनुदान रकम प्राप्त हुने छ। अपुग रकम नेपाल सरकार र प्राधिकरणले बेर्होने छन्।
मध्यमस्र्याङ्दी र झुप्राखोला जलविद्युत केन्द्रमा क्रमशः करिब १ र २ मेगावाटका सौर्य विद्युत राखिने छ । सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ भने ब्याट्री राखिने छैन्।
एक वर्षभित्र ठेक्काट्टाका सम्पूर्ण प्रक्रिया पूरा गरी आयोजना निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणका कायृकारी निर्देशक कुलमान घिसिङले बताए। आयोजनाको निर्माण २०८१ पुसभित्र सक्ने लक्ष्य राखिएको छ।
प्रकाशित: २३ कार्तिक २०७९, बुधबार