राष्ट्रिय आविष्कार केन्द्रलाई गण्डकी प्रदेशले १० करोड अनुदान दिने

  • Technology Khabar | २२ कार्तिक २०७९, मंगलवार
राष्ट्रिय आविष्कार केन्द्रलाई गण्डकी प्रदेशले १० करोड अनुदान दिने

काठमाडौं ।

राष्ट्रिय आविष्कार केन्द्रलाई गण्डकी प्रदेश सरकारले १० करोड रुपैयाँ अनुदान दिने भएको छ। राष्ट्रिय आवष्किार केन्द्रका अध्यक्ष महावीर पुनले सोमबार फेसबुकमा पोस्ट गर्दै गण्डकी प्रदेशबाट १० करोड रुपैयाँ पाउन लागेको जानकारी दिएका हुन्।

गण्डकी प्रदेशले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा अनुसन्धान र नवप्रवर्तनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई १० करोड रुपैयाँ दिने भएको हो।

उक्त अनुदान चालु वर्षको बेटमा छुट्याएको छ। तर कार्यविधि बनाउन समय लागेकाले ढिलाइ भएको हो।

सोमबार उक्त अनुदानबाट सञ्चालन गरिने अनुसन्धानका कामहरुको लागि बनेको कार्यविधि गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान मन्त्री मेखलाल श्रेष्ठले केन्द्रलाई प्रदान गरेको उनले जानकारी दिए।

उक्त अनुदान रकमबाट केन्द्रले गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा समाजिक मन्त्रालयसँग मिलेर विभिन्न दीर्घकालीन महत्वका कामहरु गर्नेछ।

प्रकाशित: २२ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार