
काठमाडौं ।
शाओमी १३ श्रृंखला यसै महिना नोभेम्बरमा लन्च गर्न सकिनेछ। लन्च हुनुअघि नै यस सिरिजमा समावेश भएका स्मार्टफोनका फिचरहरूको विवरण अनलाइनमा लिक भएको छ।
यसैबीच, अब यस श्रृंखलाको शाओमी १३ र शाओमी १३ प्रो मोडलहरूको रेन्डरहरू अनलाइन देखा परेका छन्। यी रेन्डरहरूमार्फत फोनको डिजाइनको पहिलो झलक देखिएको छ।
डिजाइनको बारेमा कुरा गर्दा, शाओमी १३ सिरिजमा शाओमी १२ सिरिज भन्दा फरक क्यामरा डिजाइन हुनेछ। यसबाहेक, शाओमी १३ प्रो स्मार्टफोनको डिजाइन शाओमी १३ सँग मिल्दोजुल्दो देखिन्छ।
चर्चित टिप्स्टर वनलीक्सले झौटोन्स र कम्पेयर डायलसँगको सहकार्यमा शाओमी १३ प्रो र शाओमी १३ स्मार्टफोनहरूको क्याड रेन्डरहरू साझा गरेको छ। यी रेन्डरहरू मार्फत, शाओमी १३ सिरिज स्मार्टफोनको डिजाइन पहिलो पटक अनलाइन देखा परेको छ।
यद्यपि दुबै फोनको डिजाइन धेरै हदसम्म समान छ। दुबै फोनमा स्क्वायर क्यामरा मोड्युल दिइएको छ जसमा ट्रिपल रियर क्यामरा सेटअप दिइएको छ । भिन्नताको बारेमा कुरा गर्दा, शाओमी १३ फोन समतल किनारहरू देखाइएको छ, जबकि अर्कोतर्फ, शाओमी १३ प्रो स्मार्टफोनमा कर्भ किनारहरू देख्न सकिन्छ।
शाओमी १३ क्याड रेन्डरहरूको बारेमा कुरा गर्दा, यो फोन फ्ल्याट एमोलेड डिस्प्लेको साथ आउनेछ। यस डिस्प्लेमा सेल्फी क्यामरा पंच-होल कटआउटमा दिइनेछ। स्क्वायर क्यामरा मोड्युलमा रहेको ब्याक प्यानलमा फोटोग्राफीको लागि ट्रिपल रियर क्यामरा सेटअप हुनेछ। क्यामरा मोड्युलमा एलईडी फ्ल्यास पनि प्रदान गरिएको छ।
यस्तै शाओमी १३ प्रो क्याड रेन्डरहरूको बारेमा कुरा गर्दा, यो फोन घुमाउरो एमोलेड डिस्प्लेको साथ आउनेछ। बाँकी स्ट्यान्डर्ड मोडल जस्तै यस डिस्प्लेमा सेल्फी क्यामरा पञ्च-होल कटआउटमा दिइनेछ। स्क्वायर क्यामरा मोड्युलमा रहेको ब्याक प्यानलमा फोटोग्राफीको लागि ट्रिपल रियर क्यामरा सेटअप हुनेछ। क्यामरा मोड्युलमा एलईडी फ्ल्यास पनि प्रदान गरिएको छ।
शाओमी १३ स्मार्टफोनको स्पेसिफिकेशनहरू पुरानो लीकमा अनलाइन देखा परिसकेका छन्। लीकका अनुसार शाओमी १३ स्मार्टफोनमा ६.२ इन्चको डिस्प्ले दिइनेछ। अर्कोतर्फ, शाओमी १३ प्रो फोनमा ६.६५ इन्चको डिस्प्ले दिइनेछ। यस बाहेक दुबै फोनमा स्न्यापड्रागन ८ जेन २ प्रोसेसर राखिनेछ।
प्रकाशित: २२ कार्तिक २०७९, मंगलवार