
काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले अनलाइन सपिङ्ग प्लेटफर्म दराजले सार्वजनिक गरेको “दराज ११ः११ अफर”मा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा २,५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा ३,००० रुपैयाँसम्म छुट पाउने बताईएको छ।
छुट पाउनका लागि बैंकको कार्ड बाहक ग्राहकहरुले दराज ए्यापबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ।
यो योजना नोभेम्बर ११ देखि सिमित अवधिको लागि रहने उल्लेख छ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ।
प्रकाशित: २१ कार्तिक २०७९, सोमबार