
काठमाडौं ।
नेपाली इथिकल ह्याकरहरुले ‘मिलियन मास्क मार्च’ डे मनाएका छ। नेपाली ह्याकरहरुले शनिबार काठमाडौंको वसन्तपुरमा एक कार्यक्रम आयोजना गर्दै मिलियन मास्क मार्च डे मनाएका हुन्।
साइबर सुरक्षालाई राज्यले प्राथमिकता दिनु पर्ने भन्दै विश्वभरका ह्याकरहरुले नोभेम्बर ५ मा मिलियन मास्क मार्च डे मनाउने गर्छन्।
पेनटेस्टर नेपालमा हिजो गरेको कार्यक्रममा देशभरका सय जनाभन्दा बढी इथिकल ह्याकरहरु सहभागी थिए।
साइबर सुरक्षा सम्बन्धी विभिन्न प्लेकार्ड, साइबर सुरक्षाको सम्बन्धमा राज्यको वेथिति, सुस्त सरकारी गतिविधि लगायत विषयमा विरोध गर्दै ह्याकरहरुको समूहले प्रदर्शन पनि गरेका छन्।
साथै उनीहरुले साइभर सुरक्षा खर्च नभई लगानी भएको पनि बताएका छन्।
प्रकाशित: २० कार्तिक २०७९, आईतवार