
काठमाडौं ।
आगामी मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ।
यातायात व्यवस्था विभागले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कर्मचारीहरु खटिनु पर्ने भएकाले मंसिर १ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द गर्ने भन्दै शुक्रबार सूचना जारी गरेको छ।
विभागले अर्को सूचना जारी नगरेसम्म लाइसेन्स लिन चाहनेले अनलाइन आवेदन दिन पाउँने छैनन्।
सवारीचालकअनुमतिपत्रकोअनलाईनआवेदनप्रणालीबन्दरहनेसम्बन्धीसूचना।.jpg2022-11-04_03-18-47-710प्रकाशित: १८ कार्तिक २०७९, शुक्रबार