
काठमाडौं ।
टी-मोबाइलले आफ्नो नयाँ सुटकेस अन-क्यारियल अन सार्वजनिक गरेको छ। यात्रीका लागि डिजाइन गरिएको सुटकेस म्याजेन्टा कलरमा मात्र उपलब्ध छ। यस सुटकेसमा वायरलेस चार्जिङको सुविधा भएको टीमोबाइलले उल्लेख गरेको छ।
मानिसहरुलाई संसार घुम्न मद्दत गर्न टीमोबाइलले अन क्यारियर अन सुटकेसका लागि प्रिमियम लगेज ब्रान्ड सम्सारासँग सहकार्य गरेको छ। लिमिटेड एडिसनको सुटकेस एउटा बोक्न मिल्ने साइज हो जुन प्रयोगकर्ताले आफ्नो फोन प्रयोग गर्ने तरिकालाई बढाएर यात्राको अनुभव बढाउन डिजाइन गरिएको हो।
मोबाइल अपरेटर टीमोबाइलको नयाँ सुटकेस स्मार्ट फिचर युक्त छ। सुटकेसमा यूएसबी-सी पावर चार्जिङका साथै रिमूवेबल पावर बैंक पनि छ। यस सुटकेसको मद्दतबाट प्रयोगकर्ताले आफ्नो ह्याण्ड डिभाइसहरु चार्ज गर्न सक्नेछन्।
अन क्यारियर अनका मध्यमबाट यात्रीले प्लेन टेकअफ र ल्यान्डिङको क्रममा आफ्नो सामान ट्रयाक गर्न सक्नेछन्।
सुटकेसको अन्य फिचरको कुरा गर्दा कम्पनीले यसमा आठ ब्याग प्याकिङ सेट दिइएको छ। यसमा विभिन्न प्रकारका सरसामनहरु भिन्ना भिन्नै रुपमा राख्न सकिन्छ।
सम्साराका सह-संस्थापक तथा सीईओ अतार डिजिकोव्स्कीले अन क्यारियल अन यात्रीका लागि एक गेम चेन्जर भएको बताए। सुटकेसको मद्दतबाट टेक्नोलोजीसँग संसार घुम्न सकिन्छ।
सुटकेसको मूल्य ३२५ अमेरिकी डलर तोकिएको छ। सुटकेस ट्राभलम्याग्नेटाको वेबसाइटबाट किन्न सकिन्छ।
प्रकाशित: १९ कार्तिक २०७९, शनिबार