नूबिया जेड४०एस प्रो स्टारी नाइट एडिसन शनिबार सार्वजनिक हुने

  • Technology Khabar | १८ कार्तिक २०७९, शुक्रबार
नूबिया जेड४०एस प्रो स्टारी नाइट एडिसन शनिबार सार्वजनिक हुने

काठमाडौं ।

नूबियाको नयाँ स्मार्टफोन नूबिया जेड४०एस प्रो स्टारी नाइट एडिसन नोभेम्बर ५ (शनिबार) सार्वजनिक हुने भएको छ।

यो स्मार्टफोन भ्यान गगनको सबैभन्दा मान्यता प्राप्त कार्यहरु मध्येको एक ‘द स्टारी नाइट आयल पेन्टिङ’बाट प्रेरित भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

आगामी डिभाइस डार्क ब्लू कलरमा ब्यू र एल्लो मोटिफहरुसहित प्रसिद्ध कलाकृति फोनको पछाडि पाउन सकिन्छ।

टिजरहरुले फोनमा टेक्सचर्ड फिनिश भएको देखाउँछ जसले वास्तविक पेन्ट्रि आयल स्प्लेटरको नक्कल गर्छ।

डिभाइसमा स्न्यापड्रागन ८ प्लस जेन १ चिपसेट, १४४ रिफ्रेस रेटका साथ ६.६७ इन्च एएमओएलईडी डिस्प्ले रहनेछ।

फोनको पछाडि ६४ मेगापिक्सल, ५० मेगापिक्सल र ८ मेगापिक्सलको तीन ओटा क्यामरा हुनेछ। यसको मूल्य र उपलब्ध सम्बन्धी जानकारी आगामी शनिबार कम्पनीले दिनेछ।

प्रकाशित: १८ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

India eyes $200B in data center investments as it ramps up its AI hub ambitions

  • Technology Khabar
  • १८ कार्तिक २०७९, शुक्रबार