एफवान सफ्टले ल्यायो ‘युज मोबाईल डटकम’, मोबाईल बैंकिङ्ग प्रयोग गर्न सक्षम बनाउने

  • Technology Khabar | १७ कार्तिक २०७९, बिहीबार
एफवान सफ्टले ल्यायो ‘युज मोबाईल डटकम’, मोबाईल बैंकिङ्ग प्रयोग गर्न सक्षम बनाउने

काठमाडौं ।

एफवान सफ्ट इन्टरनेशनले युज मोबाईल बैंकिङ्ग डटकमको सुरुवात गरेको छ। यस वेबसाइटले मोबाईल बैंकिङ्गसँग परिचित गराउन थप मद्दत गर्ने बताईएको छ।

वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ्ग अनुप्रयोगहरुका लागि ट्युटोरियलहरु (सन्दर्भ सामाग्री) छन् र तिनिहरुको प्रयोगको बारेमा जान्न चाहने कुनैपनि ग्राहकले वेबसाईटमा गएर आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगको ट्युटोरियल (सन्दर्भ सामाग्री) हेर्न सक्छन् ।

वेबसाईटमा मोबाईल बैंकिङ्ग सम्बन्धी नविनतम तथ्य, तथ्यांक र डाटाका साथसाथै लेख, ब्लग र यस क्षेत्रका विशेषज्ञहरुका विचारहरु पनि निरन्तर अपडेट गरिन्छ। युज मोबाईल डटकम एफवान सफ्ट इन्टरनेशनलद्धारा मोबाईल बैंकिङ्गको प्रयोगलाई बढावा दिन र बानी बसाल्ने प्रयोग हो, जुन शहरी क्षेत्रहरुमा डेबिट कार्ड र नगदको तुलनामा बिस्तारै बैंकिङ्ग र भुक्तानीको लोकप्रिय मोड बन्दै गएको छ।

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवाश शर्माले भने“ मोबाईल बैंकिङ्गको ठुलो संभावना छ,र हामी मानिसहरुलाई टेक्नोलोजीसँग अझ बढि परिचित गराउन चाहान्छौँ, मोबाईल बैंकिङ्गको प्रयोगमा धेरै वृद्धि देखिरहेको छ र हामी आशा गछौँ की युज मोबाईल बैंकिङ्ग डट कमले मोबाईल बैंकिङ्ग प्रयोग गर्न सहज बनाउन मद्धत गर्छ।”

युज मोबाईल बैंकिङ्ग डटकम मोबाईल बैंकिङ्गका प्रयोगकर्ताहरुसम्म सिधै पुग्ने पहिलो प्रयास भएको दाबी छ। कम्पनीले आम प्रयोगकर्तालाई वेबसाईटमा जान र नविनतम समाचारहरुसँग अखबधिक रहनका लागि युज मोबाईल बैंकिङ्गका सामाजिक सञ्जाल पछ्याउन आग्रह गरेको छ।

प्रकाशित: १७ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार