
काठमाडौं ।
फुटबल फ्यानहरुले हवाई यात्राको क्रममा पनि फिफा विश्वकप २०२२ को एक पल पनि गुमाउनु नपर्ने भएको छ। कतार एयरवेजले प्रत्येक यात्रुलाई विश्वकपको प्रत्येक खेलको लाइभ टिभी कभरेज प्रदान गर्ने भएको एक्सक्यूटिभट्राभलरले उल्लेख गरेको छ।
कतारका आठ स्टेडियमा २०२२ फिफा विश्वकप नोभेम्बर २० देखि शुरु हुन्छ। जसमा विश्वभकार ३२ टोलीहरुले डिसेम्बर १८ सम्म प्रतिस्पर्धा गर्नेछन्।
२०२२ विश्वकपको आधिकारिक एयरलाइनको रुपमा कतार एयरवेजले आफ्ना एयरबस ए३५०, बोइङ ७७७ र ७८७ एयरकार्फको सिट स्क्रिनका साथै वाईफाई मार्फत यात्रुका आफ्नै डिभाइसमा ६४ खेलहरु निःशुल्क उपलब्ध गराउँदैछ।
प्रकाशित: १७ कार्तिक २०७९, बिहीबार