
काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रा. लि. बीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरि सम्झौता भएको छ। यो योजना नोभेम्बर ११, २०२२ (कार्तिक २५ गते) देखि लागू हुने बताईएको छ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसी र दराज केयमुका तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरे।
बैंकमा खाता रहेका ग्राहकहरुले दराजको ११.११ अभियानमार्फत अनलाईन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५% वा रु. २,५०० सम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २० % वा रु. ३,००० सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डको ई–कमर्स सेवा सुचारु गर्नुपर्नेछ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।
प्रकाशित: १७ कार्तिक २०७९, बिहीबार