टेस्लाले २०२३ को अन्त्यसम्ममा साइबरट्रकको उत्पादन शुरु गर्ने

  • Technology Khabar | १६ कार्तिक २०७९, बुधबार
टेस्लाले २०२३ को अन्त्यसम्ममा साइबरट्रकको उत्पादन शुरु गर्ने

काठमाडौं ।

टेस्लाले सन् २०२३ को अन्त्यसम्म साइबरट्रक ठूलो परिमाणमा उत्पादन गर्ने योजना बनाएको छ। टेस्लाका सीईओ इलन मस्कले सन् २०१९ मा साइबरट्रक सार्वजनिक गरेका थिए।

साइबरट्रक सार्वजनिक गरिएको करिब ४ वर्ष पनि टेस्ला उत्पादनमा जान लागेको हो।

टेस्लाले गत महिना भनेको थियो कि उसले आफ्नो अस्टिन, टेक्सास प्लान्टलाई २०२३ को मध्यमा शुरु हुने ‘प्रारम्भिक उत्पादन’ को साथ नयाँ मोडेल निर्माण गर्न काम गरिरहेको छ। ‘हामी साइबरट्रकको अन्तिम ल्यापमा छौं,’ मस्कले वित्तीय विश्लेषकहरूसँगको सम्मेलनमा भने रोयर्टसले लेखेको छ।

अर्को वर्षको मध्यबाट मात्र टेस्लाले उत्पादन शुरु गर्ने भएकाले २०२४ अघि सइबरट्रक बजारमा आउने सम्भावना कम छ।

इलेक्ट्रिक साइबरट्रक खरिदका लागि १०० अमेरिकी डलर तिरेर बुकिङ लिएका हजारौं ग्राहकले अझै दुई वर्ष कुर्नु पर्ने भएको छ।

सन् २०१९ मा टेस्लाले साइबरट्रको मूल्य ४० हजार अमेरिकी डलरभन्दा कम हुने प्रक्षेपण गरेको थियो। ३ वर्ष अघिको तुलनामा नयाँ इलेक्ट्रिक सवारीहरुको मूल्य वृछि भइरहेको छ। टेस्लाले पनि आफ्नो लाइनअपको मूल्य वृद्धि गरिरहेको छ।

प्रकाशित: १६ कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार