सोनी पीएस५ २ करोड ५० लाख युनिट बिक्यो

  • Technology Khabar | १६ कार्तिक २०७९, बुधबार
सोनी पीएस५ २ करोड ५० लाख युनिट बिक्यो

काठमाडौं ।

सोनीले आफ्नोे गेमिङ कन्सोल (पीएस५) प्लेस्टेशन फाइभ २ करोड ५० लाख युनिट बिक्री गर्न सफल भएको छ। इनग्याजेडका अनुसार कम्पनीले २०२२/२३ को दोस्रो क्वाटरमा ३३ लाख यूनिट पीएस५एस बिक्री गरेर उक्त आकडा छोएको हो।

सोनीले चालु आर्थिक वर्षमा १ करोड ८० लाख युनिट पीएस फाइभ बिक्री गर्ने लक्ष्य लिएको छ। आधा आर्थिक वर्ष समाप्त हुँदा कम्पनीले ५७ लाख युनिट पीएस फाइभ बिक्री गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा पीएस फाइभ ५६ लाख युनिट बिक्री भएको थियो।

गत आर्थिक वर्ष र यस आर्थिक वर्ष पीएस फाइभको बिक्री करिब समान जस्तै भए पनि १२ प्रतिशतले बढेर ४ करोड ९२ लाख अमेरिकी डलर पुगेको छ। यस वर्ष पीएस फाइभको मूल्यमा वृद्धि हुँदा त्यसको प्रभाव राजश्वमा देखिएको हो।

तर, कम्पनीले भर्खरै बन्जीको अधिग्रहण र खेल विकासकर्ता लागत वृद्धि हुँदा नाफा ४९ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष कम्पनीले १ करोड १५ लाख कन्सोल बिक्री गरेको थियो। हालको उपलब्धीलाई आधार मान्ने हो भने चालु आवमा गत आवकै हाराहारीमा बिक्री हुने अनुमान गर्न सकिन्छ।

 

प्रकाशित: १६ कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • १६ कार्तिक २०७९, बुधबार