इन्टरनेट तथा केबलको तार व्यवस्थापन गर्न ४५ दिने म्याद, नत्र विद्युत प्राधिकरणले काटिदिने

  • Technology Khabar | १५ कार्तिक २०७९, मंगलवार
इन्टरनेट तथा केबलको तार व्यवस्थापन गर्न ४५ दिने म्याद, नत्र विद्युत प्राधिकरणले काटिदिने
रामशाह पथमा रहेका इन्टरनेट तथा केबल सेवाका तारहरु। फाइल तस्बिर

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणको पोलमा दूरसञ्चार केबल टि.भि. तथा इन्टरनेट सेवा प्रदायकहरूबाट तानिएको अप्टिकल फाइबर तथा कोक्सिअल केबल तथा उपकरणहरू व्यवस्थापन गर्न भनेको छ।

प्राधिकरणले सबै सेवा प्रदायकहरुलाई सूचनामार्फत ४५ दिनभित्र व्यवस्थापन  गर्न भनेको हो। अन्यथा प्राधिकरण आफैंले काटिदिने भएको छ।

प्राधिकरण (ने.पि.प्रा.) को विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर तथा कोक्सिअल केबल तथा पोलमा जथाभाषी झुण्ड्याइएका उपकरणहरूका कारण शहरलाई कुरुप बनाएको, आगलागी लगायतका विद्युतीय दुर्घटनाहरू बढ्दै गएको र यसबाट ने.पि.प्रा.ले प्रवाह गरिरहेको विद्युतीय सेवामा समेत व्यवधान उत्पन्न हुन गएको तर्फ नेपाल विद्युत प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आगलागी लगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेषा उपलब्ध गराउन तथा शहरी सुन्दरता समेत कायम राख्नका लागि दूरसञ्चार, केवल टि.भि. तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निजहरूको संरचना निर्माण व्यवस्थापन गर्नु गराउन भनेको हो।

जसमा अप्टिकल फाइबर तथा कोक्सिअल केबल र विद्युत लाइन तथा भू-सतहको न्यूनतम भर्टिकल क्लियरेन्स निम्नानुसार कायम गर्नुपर्नेछ।

क) अप्टिकल फाइबर र विद्युतीय लाइन बीचको न्यूनतम दुरी

४०० भोल्ट लाइन (नाङ्गो तार) : ८० से.मि.

४०० भोल्ट लाइन (इन्सुलेटेड तार) : ३० से.मि.

११ के.भि.-३३ के.भि. लाइन : २.० मि.

अन्य ४०० भोल्टका उपकरणहरू: ७५ से-मि

ख) अप्टिकल फाइबर/कोक्सिअल केबल र जमिन सतह जीचको न्यूनतम दुरी: 

सड़क मार्ग : ५.५ मि.

पैदल मार्ग : २.४ मि.

यसका साथै राउटर, रिपिटर, अप्टिकल फाइबर डिस्ट्रिब्यूसन बक्स=ज्वाइन्ट क्लोजर जस्ता उपकरणहरू पोलको एउटै मात्र साइडमा क्रमैसँग मिलाएर नकर्ने, नहल्लिने गरी जडान गर्ने र सफासँग क्लिप, ब्याण्ड प्रयोग गरी वायरिङ्ग गर्नुपर्नेछ। प्रयोगमा नरहेका सम्पूर्ण अप्टिकल फाइबर तथा कोक्सिअल केबल तथा अन्य उपकरणहरू तत्काल हटाउनु पर्नेछ।

यस बाहेक ने.वि.प्रा.को पोलहरूमा क्वाइल लूप बनाएर राखिएको अप्टिकल फाइबर तथा कोक्सिअल केबल तत्काल हटाउने तथा नयाँ केबलहरू तान्दा समेत अतिरिक्त लम्बाइको केबललाई क्वाइल लूप बनाई पोलमा झुण्ड्याउने कार्य नगर्ने/नगराउन भनिएको छ।

सेवा प्रदायकहरूले निजहरूको केबल सजिलोसँग छुट्याउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउने र पोलमा जडित उपकरणहरूमा समेत उपयुक्त मार्किङ्ग गर्नुपर्नेछ।

उल्लेखित न्यूनतम भर्टिकल क्लियरेन्स कायम नगरी ड्रप केल सर्भिस केबलमार्फत ग्राहकलाई कनेक्सन समेत नदिन भनिएको छ।

सम्भव भएसम्म धेरै कोर भएको केवल तानी बहुसख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नुपर्नेछ भने अप्टिकल फाइबर तथा कोक्सिअल केबल सडक वारपार नतान्ने र तानिएको केवलहरू हटाउनुपर्ने भएको छ।

पोलमा निर्माण गरिएको मौजुदा इन्टरनेट, केवल टि.भि.र दूरसञ्चार संरचनाहरूको उल्लेख गरिए बमोजिम हुने गरी सुधार कार्य आगामी ४५ दिनभित्र सम्पन्न गरी प्राधिकरणको सम्बन्धित वितरण केन्द्रलाई जानकारी गराउनुपर्नेछ।

तोकिएको समयमा सुधार कार्य नगर्ने/नगराउने सेवा प्रदायकहरूको केबललगायतका उपकरणहरू ने. वि. प्रा. ऐन, २०४९ को दफा १९ (ख) २१९ (छ) बमोजिम ने.वि.प्रा. आफैले हटाउने हुँदा यसबाट हुनसक्ने नोक्सानीका लागि इन्टरनेट / केवल टि.भि./ दूरसञ्चार सेवा प्रदायक स्वयं जिम्मेवारी हुने चेतावनीसमेत दिएको छ।

प्रकाशित: १५ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार