विश्वभर फोटो सेयरिङ्ग प्लेटफर्म इन्स्टाग्राम डाउन

  • Technology Khabar | १४ कार्तिक २०७९, सोमबार
विश्वभर फोटो सेयरिङ्ग प्लेटफर्म इन्स्टाग्राम डाउन

काठमाडौं ।

विश्वभर फोटो तथा भिडियो सेयरिङ्ग प्लेटफर्म इस्स्टाग्राम डाउन भएको छ। मेटाको अधिनमा रहेको इन्स्टाग्राम के कारणले डाउन भएको थाहा हुन सकेको छैन्।

डाउन डिटेक्टरकाअनुसार पछिल्लो २४ घण्टामा करिब ८ हजारले गुनासो गरेका छन्। वेबसाइटकाअनुसार सबैभन्दा धेरै एपमा समस्या आएको बताएका छन्।

अधिकांशले भने एप लगिनमा नै समस्या भोगेका छन्।

“हामीले अक्टोबर ३१, २०२२ मा तपाईंको खाता निलम्बन गर्‍यौं” भनेर सन्देश प्राप्त गरेको भन्दै संसारभरका प्रयोगकर्ताहरूले आफ्नो प्रोफाइलबाट किन लक आउट गरिएको छ भनी सोध्न अन्य सोशल मिडिया प्लेटफर्महरूमा गुनासो पोस्ट गरेका छन्।

इन्स्टाग्रामले यस बारेमा आफु जानकार रहेको बताएको छ।

“हामी सचेत छौं कि तपाईं मध्ये केहीलाई तपाईंको इन्स्टाग्राम खाता पहुँच गर्न समस्या भइरहेको छ। हामी यसलाई हेर्दैछौं र असुविधाको लागि क्षमा चाहन्छौं,” इन्स्टाग्रामले ट्विटरमा भनेको छ।

प्रकाशित: १४ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १४ कार्तिक २०७९, सोमबार