साढे ८ अर्बको स्मार्टफोन आयात, कुन देशबाट कति?

  • Technology Khabar | १४ कार्तिक २०७९, सोमबार
साढे ८ अर्बको स्मार्टफोन आयात, कुन देशबाट कति?

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ३ महिनामा नेपालमा साढे ८ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आवको असोज मसान्तसम्म ८ अर्ब ५३ करोड ३० लाख ७४ हजार रुपैयाँ बराबरको ६ लाख १८ हजार ५२० युनिट स्मार्टफोन आयात भएको हो।

चालु आवको भदौमा ६ अर्ब १८ करोड ८ लाख ९६ हजार रुपैयाँ बराबरको ४ लाख ६० हजार ६९५ युनिट स्मार्टफोन आयात भएको थियो।

चालु आवको असोजमा मात्रै २ अर्ब ३५ करोड २१ लाख ७८ हजार रुपैयाँ बराबरको १ लाख ५७ हजार ८२५ युनिट स्मार्टफोन आयात भएको छ।

विभागको तथ्यांक अनुसार असोजमसान्तसम्म नेपालमा ४३ ओटा मुलुकबाट स्मार्टफोन आयात भएको देखिन्छ।

नेपालमा सबैभन्दा बढि स्मार्टफोन चीन र भारतबाट आयात हुने गरेको छ।

चीनबाट ६ अर्ब १८ करोड ६६ लाख २९ हजार रुपैयाँ बराबरको ४ लाख ६८ हजार ४६१ युनिट स्मार्टफोन आयात भएको छ।

भारतबाट २ अर्ब १२ करोड ३८ लाख ५६ हजार रुपैयाँ बराबरको १ लाख ४६ हजार ८८० स्मार्टफोन आयात भएको छ।

बाँकी ४१ मुलकबाट २२ करोड २५ लाख ८८ हजार रुपैयाँ बराबरको ३ हजार १७९ युनिट स्मार्टफोन आयात भएको छ।

Rs000
CountryUnitImport Value
Australia19919038
Austria3323
Belgium5102
Bulgaria189
Canada222200
China4684616186629
Cyprus119
Denmark7887
Finland493692
France4374
Germany8768
Hong Kong807332
India1468802123856
Ireland3214
Israel240
Italy3255
Jamaica1102
Japan55832367
Korea, Republic of26014205
Kuwait311640
Malaysia401786
Maldives191
Malta3297
Nauru2166
Netherlands4449
New Zealand115
Norway3305
Peru163
Poland3384
Portugal8490
Puerto Rico2191
Qatar988949
Romania1140
Saudi Arabia251474
Singapore7677
Spain2308
Switzerland2141
Thailand5667
Turkey164
Turks and Caicos Islands1131
United Arab Emirates52148368
United Kingdom575040
United States45443215
Viet Nam70025528
Total6185208533074

स्रोत भन्सार विभाग

 

प्रकाशित: १४ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...