साढे ८ अर्बको स्मार्टफोन आयात, कुन देशबाट कति?

  • Technology Khabar | १४ कार्तिक २०७९, सोमबार
साढे ८ अर्बको स्मार्टफोन आयात, कुन देशबाट कति?

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ३ महिनामा नेपालमा साढे ८ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आवको असोज मसान्तसम्म ८ अर्ब ५३ करोड ३० लाख ७४ हजार रुपैयाँ बराबरको ६ लाख १८ हजार ५२० युनिट स्मार्टफोन आयात भएको हो।

चालु आवको भदौमा ६ अर्ब १८ करोड ८ लाख ९६ हजार रुपैयाँ बराबरको ४ लाख ६० हजार ६९५ युनिट स्मार्टफोन आयात भएको थियो।

चालु आवको असोजमा मात्रै २ अर्ब ३५ करोड २१ लाख ७८ हजार रुपैयाँ बराबरको १ लाख ५७ हजार ८२५ युनिट स्मार्टफोन आयात भएको छ।

विभागको तथ्यांक अनुसार असोजमसान्तसम्म नेपालमा ४३ ओटा मुलुकबाट स्मार्टफोन आयात भएको देखिन्छ।

नेपालमा सबैभन्दा बढि स्मार्टफोन चीन र भारतबाट आयात हुने गरेको छ।

चीनबाट ६ अर्ब १८ करोड ६६ लाख २९ हजार रुपैयाँ बराबरको ४ लाख ६८ हजार ४६१ युनिट स्मार्टफोन आयात भएको छ।

भारतबाट २ अर्ब १२ करोड ३८ लाख ५६ हजार रुपैयाँ बराबरको १ लाख ४६ हजार ८८० स्मार्टफोन आयात भएको छ।

बाँकी ४१ मुलकबाट २२ करोड २५ लाख ८८ हजार रुपैयाँ बराबरको ३ हजार १७९ युनिट स्मार्टफोन आयात भएको छ।

Rs000
Country Unit Import Value
Australia 199 19038
Austria 3 323
Belgium 5 102
Bulgaria 1 89
Canada 22 2200
China 468461 6186629
Cyprus 1 19
Denmark 7 887
Finland 49 3692
France 4 374
Germany 8 768
Hong Kong 80 7332
India 146880 2123856
Ireland 3 214
Israel 2 40
Italy 3 255
Jamaica 1 102
Japan 558 32367
Korea, Republic of 260 14205
Kuwait 31 1640
Malaysia 40 1786
Maldives 1 91
Malta 3 297
Nauru 2 166
Netherlands 4 449
New Zealand 1 15
Norway 3 305
Peru 1 63
Poland 3 384
Portugal 8 490
Puerto Rico 2 191
Qatar 98 8949
Romania 1 140
Saudi Arabia 25 1474
Singapore 7 677
Spain 2 308
Switzerland 2 141
Thailand 5 667
Turkey 1 64
Turks and Caicos Islands 1 131
United Arab Emirates 521 48368
United Kingdom 57 5040
United States 454 43215
Viet Nam 700 25528
Total 618520 8533074

स्रोत भन्सार विभाग

 

प्रकाशित: १४ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...