फेसबुकले चर्चित ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाई निष्क्रिय गरायो

  • Technology Khabar | १३ कार्तिक २०७९, आईतवार
फेसबुकले चर्चित ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाई निष्क्रिय गरायो

काठमाडौं ।

चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाई फेसबुकले डिएक्टिभेट गरेको छ। फेसबुकको मातृ कम्पनी मेटाले ‘कम्युनिटी गाइडलाइन्स भ्वाइलेन्स’ गरेको भन्दै उक्त ग्रुपलाई निष्क्रिय गराएको हो।

सो पेज युवाहरु माझ निकै लोकप्रिय रहेको छ। सुरुवात युवाका सरोकारऽ सामुदायिक कार्यमा सक्रिय रहने गरेकोमा हाल राजनीतिक विषयहरुलाई समेत प्राथमिकता दिँदै आएको थियो। राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि यसलाई निष्क्रिय बनाइएको एडमिन गनेश रावतले उल्लेख गरे।

एकजना एडमिनले फेसबुक एआईले एमआरआरलाई निष्क्रिय गराएको जानकारी दिएका छन् । तर कुन पोष्ट र कमेन्टले ‘कम्युनिटी गाइडलाइन्स भाइलेन्स’ गरेको हो भनेर देखाउनुपर्नेमा त्यस्तो नदेखाइएको उनको भनाइ छ।

उक्त ग्रुपलाई अहिले पुनः निष्क्रिय बनाउन ‘रिभ्यु रिक्वेस्ट’ गरिएको संचालकले जनाएका छन्।

“Facebook को AI (Artificial Intelligence) ले हाम्रो ग्रुप (MRR) लाई फेरि पनि फेसबुकको Community Guidelines उलंघन गरेको आरोपमा disable (निष्क्रिय) गराएको सबैलाई जानकारी नै छ । यसरी निष्क्रिय गराइनुको कारण यहि नै हो भन्ने अझै जानकारीमा आउन सकेको छैन । हामीले फेसबुकको यस कार्यप्रति ‘रिभ्यु रिक्वेस्ट’ गरेका छौँ र यसो हुनुको यथार्थ कारणको खोजी गरिरहेका छौँ,” एडमिनले भनेको छ, “यथार्थ कारण खुल्नु अघि कोही कसैप्रति निराधार आक्षेप लगाउने र प्रायोजित शंका आशंका गर्ने पक्षमा MRR छैन । निराधार आरोपहरू र व्यक्तिगत मनोगत दाबी तथा हल्लाहरूको पछि नलागी धैर्य गरिदिनुहुन सबैमा अनुरोध छ।”

आउँदो मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मेटा कम्पनीका प्रतिनिधिहरुसँग घृणा फैलाउने खालका पोष्ट रोक्ने विषयमा छलफल गरेको थियो । कतिपयले यो कार्य उक्त छलफलसित समेत जोडिएको हुनसक्ने ठानेका छन् ।

 

प्रकाशित: १३ कार्तिक २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NAIMA to contribute NPR 5 million for Rasuwa flood relief

  • Technology Khabar
  • १३ कार्तिक २०७९, आईतवार