मस्कले ट्विटर किनेपछि एस एण्ड पी ५०० को बजार सूचकांकबाट फालिँदै

  • Technology Khabar | ११ कार्तिक २०७९, शुक्रबार
मस्कले ट्विटर किनेपछि एस एण्ड पी ५०० को बजार सूचकांकबाट फालिँदै

काठमाडौं ।

स्टक मार्केट इण्डेक्स एस एण्ड पी डाउ जोन्सले अर्बपति इलन मस्कलाई ट्विटर बेचेपछि, नोभेम्बर १ मा यसको शेयर बजार सूचकांकबाट ट्विटरबाट बाहिर निकाल्ने बताएको छ।

ग्लोबल बीमा, पुनर्बीमा र मोर्टगेज बीमा कम्पनी आर्क क्यापिटल ग्रुप, एसीजीएलले त्यस दिन मंगलबार बजार खुल्नु अघि एस एण्ड पी ५००मा ट्विटरलाई प्रतिस्थापन गर्ने रेटिङ्ग फर्मले बताएको छ।

महिनौंदेखिको खरिद विवाद र अन्ततः कम्पनीले मुद्दा दायर गरेपछि मस्कको ट्विटर अधिग्रहण सम्पन्न भएको छ।

“बजार सूचकांक अर्थात इण्डेक्सका संरचनामा परिवर्तनहरू आवश्यकताको आधारमा गरिन्छ,” एक एस एण्ड पी ५०० का प्रतिनिधिले भने, ‘त्यहाँ कुनै निर्धारित पुनर्संरचना छैन।’

स्याण्डर्ड एण्ड पुअर्स ५००, वा एस एण्ड पी ५०० संयुक्त राज्य अमेरिकाको स्टक एक्सचेन्जहरूमा सूचीबद्ध ५०० ठूला कम्पनीहरूको स्टक प्रदर्शन ट्र्याक गर्ने स्टक बजार सूचकांक हो।

प्रकाशित: ११ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार