
काठमाडौं ।
भारतमा खपत हुने मोबाइल फोन मध्ये ९७ प्रतिशतभन्दा बढी मोबाइल भारतमा बनेका हुने गरेको बताईएको छ।
भारतीय मिडिया रिपोर्टकाअनुसार इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री राजीव चन्द्रशेखरले देशमा प्रयोग हुने ९७ प्रतिशतभन्दा बढी मोबाइल भारतमा बनेको बताएका छन्।
अब्जर्भर रिसर्च फाउन्डेसनले आयोजना गरेको एक कार्यक्रममा उनले भने, ‘केही वर्षअघिसम्म देशमा बिक्री हुने मोबाइलमध्ये ९२ प्रतिशतभन्दा बढी आयात हुने गरेको थियो, यो अवस्था बदलिएको छ र अहिले मुलुकमा ९७ प्रतिशत मोबाइल प्रयोग हुने गरेको छ। देशबाट १२ अर्ब डलरभन्दा बढीको इलेक्ट्रोनिक्स उपकरण निर्यात भइरहेको छ।”
यससँगै उनले निजी र डाटा संरक्षण मौलिक हक भएकाले डाटा संरक्षण विधेयकमा यी अधिकारीको संरक्षणको ख्याल गरिने बताए। त्यसैगरी चन्द्रशेखरले सेमीकन्डक्टर क्षेत्रमा भारतले ठूलो फड्को मारेको बताए । यस क्षेत्रको स्थितिलाई बलियो बनाउने योजनामा काम भइरहेको छ।
प्रकाशित: ११ कार्तिक २०७९, शुक्रबार