क्लासिक टेकको इटहरी क्षेत्रीय कार्यालयमा आगलागी, वैकल्पिक डाटा सेन्टरबाट सेवा शुचारु

  • Technology Khabar | ७ कार्तिक २०७९, सोमबार
क्लासिक टेकको इटहरी क्षेत्रीय कार्यालयमा आगलागी, वैकल्पिक डाटा सेन्टरबाट सेवा शुचारु
क्लासिक टेक प्रालिको नयाँ बानेश्वरमा रहेको मुख्य कार्यालयको फ्रन्टडेस्क। फाइल तस्विर

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आगलागीका कारण इटहरीको क्षेत्रीय कार्यालय र शाखा कार्यालय नष्ट भएपनि इटहरीलगायतका क्षेत्रहरुमा आफ्नो सेवा शुचारु गरेको छ।

यसअघि गत राती करिब १ः२० बजे क्लासिक टेकको इटहरीस्थित कार्यालयमा अचानक भएको आगलागीका कारण इटहरीको क्षेत्रीय कार्यालय र शाखा कार्यालय पूर्णरुपमा जलेर नष्ट भएको जानकारी दिएको छ।

कम्पनीले हाल वैकल्पिक डाटा सेन्टरबाट सम्पूर्ण सेवा सुचारु गर्न प्रयासरत रहेको भन्दै सोहि कारणले ग्राहकहरुमा पर्न जाने असुविधा प्रति क्षमा मागेको छ।

यसका साथै थप आवश्यक जानकारी प्रयोगकर्ताको मोबाइल नम्बरमा सुचित गर्ने जनाएको छ।

कम्पनीले हाल सबै ग्राहकहरुलाई सो बारेमा जानकारी गराईरहेको र समस्या आएमा समाधान गरिरहेको डिजिटल मार्केटिङ्ग म्यानेजर रोजित भट्टराईले बताए।

“हामी अहिले सबै उपकरणहरु परीक्षण र मर्मत गर्दैछौं। कसरी आगलागी भयो र कति क्षति भयो भन्ने अनुसन्धानकै क्रममा छ,” उनले टेक्नोलोनीखबरलाई भने।

क्लासिक टेकसँग सो क्षेत्रमा करिब ५० हजार ग्राहक रहेको बताएको छ।

प्रकाशित: ७ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार