ताजा समाचार

काभ्रेपलाञ्चोकमा सीसीटीभी जडानको सूचना प्रशासनलाई दिने प्रवृत्ति न्यून

काभ्रेपलाञ्चोकमा सीसीटीभी जडानको सूचना प्रशासनलाई दिने प्रवृत्ति न्यून
सांकेतिक तस्बिर
Global IME Bank

पछिल्लो समय आपराधिक गतिविधि नियन्त्रण, शान्तिसुरक्षा कायम गर्न र आफ्नो निजी सम्पत्तिको सुरक्षा गर्न भन्दै सरकारी तथा गैरसरकारी संस्था, उद्योग, व्यवसाय, व्यक्तिको घर र सार्वजनिक स्थलमा सीसीटीभी जडान गर्ने क्रम बढेको छ।

काभ्रेपलाञ्चोक जिल्लामा सीसीटीभी जडान गर्ने क्रम बढे पनि सीसीटीभी जडानका लागि अनुमति लिन प्रशासन र प्रहरीलाई जानकारी दिने प्रवृत्ति भने अत्यन्तै न्यून छ।

शान्तिसुरक्षा तथा अपराध नियन्त्रणमा विद्युतीय उपकरणको प्रयोगलाई प्रभावकारी र सीसीटीभीको प्रयोगलाई प्रोत्साहन र व्यवस्थित गर्न गृह मन्त्रालयले सीसीटीभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ लागू गरेको छ। गोरखापत्रबाट

Sajilo Visa
easy care