सफ्टवेरिका कलेजका ९२ विद्यार्थीले पाए छात्रवृत्ति

  • Technology Khabar | ६ कार्तिक २०७९, आईतवार
सफ्टवेरिका कलेजका ९२ विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडौं ।

आइटीको उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले ९२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ।

स्नातक तहको पहिलो र दास्रो वर्षका बिएससी अनर्स कम्प्युटिङ र बिएससी अनर्स इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी तर्फका विद्यार्थीहरूलाई सो छात्रवृत्ति प्रदान गरिएको हो। जसमध्ये कलेजका ३०, ३१ र ३२ औँ ब्याचका विद्यार्थीहरू रहेको प्रमुख प्रमोद पौडेलले बताए।

छात्रवृत्ति पाउने विद्यार्थीमध्ये ६ जनाले सतप्रतिशत, १२ जनाले ५० प्रतिशत र ७४ जनाले २५ प्रतिशत छात्रवृत्ति पाएका हुन्।

कलेजले कुल २८ लाख रकम बराबरको छात्रवृत्ति प्रदान गरेको पौडेलले जानकारी दिए। विद्यार्थीको शैक्षिक स्तर र उपस्थितीको आधारमा उक्त छात्रवृत्ति प्रदान गरिएको उनले जानकारी दिए।

प्रकाशित: ६ कार्तिक २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार