चरित्र हत्या गरेको विषयमा अनलाइनलाई कारबाही गर्न काउन्सिललाई पत्र

  • Technology Khabar | ५ कार्तिक २०७९, शनिबार
चरित्र हत्या गरेको विषयमा अनलाइनलाई कारबाही गर्न काउन्सिललाई पत्र

काठमाडौं ।

निर्वाचन आयोगले चरित्र हत्या गरेको विषयमा अनलाइनलाई कारबाही गर्न प्रेस काउन्सिललाई पत्र पठाएको छ।

निर्वाचन आयोगलले पौरखी नेपाल तथा मेरो नेपाल नामक फेसबुक पेजबाट व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गरिएको र सुन्दरी युवती भन्दै भ्रामक श्रव्यदृष्य सामग्री सम्प्रेषण गरिएको विषयमा आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई पत्र पठाएको छ।

रञ्जिता सिलवाल (चितवन) ले आफ्नो चरित्र हत्या भएको भनी दिएको उजुरीका आधारमा आयोगले काउन्सिललाई सो आग्रह गरेको छ ।

उक्त विषयमा निवेदकका बारेमा मेचीकाली खबर नामक अनलाइनबाट सामग्री प्रकाशन भएको भन्ने जानकारी आएकाले उक्त प्रकाशित सामग्री तत्काल हटाइ सम्बद्ध अनलाइनलाई आवश्यक कारबाही गर्न काउन्सिललाई आग्रह गरिएको हो।

प्रकाशित: ५ कार्तिक २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार