काठमाडौं महानगरका सामुदायिक विद्यालयमा डिजिटल शिक्षण हुने

  • Technology Khabar | ५ कार्तिक २०७९, शनिबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमा डिजिटल शिक्षण हुने

काठमाडौं ।

सामुदायिक विद्यालयमा डिजिटल शिक्षणका लागि काठमाडौं महानगरपालिका र डिजिटल एण्ड वियोण्ड प्रालिबीच सम्झौता भएको छ।

महानगर प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालको रोहवरमा शुक्रबार राष्ट्रिय सभा गृहमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुङ्गानाले सम्झौता पत्रमा हस्ताक्षर गरे।

वियोन्ड गुगलको नेपाल र दक्षिण एशियाली साझेदार संस्था हो।

आउँदो दुई वर्षका लागि भएको सम्झौता बमोजिम वियोन्डले गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने सुविधा, सञ्चालन व्यवस्थापनका लागि तालिमलगायत सहयोग सेवा महानगरलाई निःशुल्क उपलब्ध गराउनेछ।

यसअन्तर्गत सामुदायिक विद्यालयमा शिक्षण र सिकाइका लागि शिक्षकको डिजिटल क्षमता विकास गर्ने, विद्यार्थीलाई पढाउने, शिक्षण सिकाई व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनेलगायत काम हुनेछन्।

सम्झौतापछि बोल्दै महानगरकी उपप्रमुख डंगोलले, डिजिटल प्रविधि प्रयोगको प्रत्यक्ष लाभ विद्यार्थीको शैक्षिक तथा मानसिक विकासमा हुनुपर्ने धारणा राखिन्।

“शिक्षकलाई प्रविधिको प्रयोग गर्न सक्ने बनाएर शिक्षण क्रियाकलापमा सिकाउने र सिक्नेको सम्बन्ध जोड्नुपर्छ। शिक्षकको क्षमता विकास गरिएन भने विद्यार्थीमा शिक्षकभन्दा आफूमा बुझ्न सक्ने क्षमता धेरै भएको महसुस हुनसक्छ। यसले सिकाई प्रणालीमा असर पुग्छ”, उनले भनिन्, “बालबालिका चाहे संस्थागत विद्यालयमा पढुन् या सामुदायिक विद्यालयमा। डिजिटल प्रविधिमा समान पहुँच हुनुपर्छ। यसका लागि सम्झौता लाभदायक हुने मैले अपेक्षा गरेकी छु।”

कोड क्लब गठन गरेर कक्षा दुईदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित उमेर समूहमा राखेर गुगल वर्कप्लेस फर एजुकेसनमार्फत् यस सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। यसमा हरेक विद्यालयमा वेबसाइट चलाउन र सामग्री व्यवस्थापन गर्न एक जना प्रतिनिधिलाई तालिम दिइनेछ।

वियोन्डले सन् २०१३ मा गुगलबाट एजुकेटर समूहका रुपमा मान्यता पाएको हो। गोरखापत्रबाट

प्रकाशित: ५ कार्तिक २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार