लजको कोठाभित्र गोप्यरुपमा भिडियो रेकर्ड गर्ने ब्यक्ति पक्राउ

  • Technology Khabar | ४ कार्तिक २०७९, शुक्रबार
लजको कोठाभित्र गोप्यरुपमा भिडियो रेकर्ड गर्ने ब्यक्ति पक्राउ

काठमाडौं ।

लजको कोठाभित्र गोप्यरुपमा भिडियो रेकर्ड गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीकाअनुसार बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लिल भिडियो रेकर्ड गर्ने गरेको आरोपमा मुकेश मालीलाई पक्राउ गरिएको हो।

यहि कात्तिक २ गते अन्दाजी २ बजेको समयमा काठमाण्डौ जिल्ला का.म.न.पा वडा नं ३ बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लिल भिडियो रेकर्ड गर्ने गरेको भन्ने सूचना प्राप्त हुन आएको बताईएको छ।

तत्कालै प्रहरी बृत्त महाराजगञ्जबाट प्रहरी अधिकृत सहितको टोली उक्त लजमा पुगी निम्न ब्यक्तिको साथमा रहेको मोबाइल फोन नियन्त्रणमा लिई चेक जाँच गर्दा निजको मोबाइल फोनमा गेष्ट हाउसमा बस्ने गरेका विभिन्न व्यक्तिहरुका रेकर्डेड भिडियो फेला पारी मोबाइल फोनसहित निजलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार सोही रेष्ट्रो एण्ड क्याफेको म्यानेजर पदमा कार्यरत वर्ष ४२ को निज मालीका साथबाट आइफोन १२ प्रो म्याक्स बरामद गरिएको छ।

उक्त घटनाको सम्बन्धमा बरामद दशीसहित पक्राउ परेका माली उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भई प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको जनाएको छ।

 

प्रकाशित: ४ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...