पोखरा फेवातालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नेको संख्या बढ्दो

Technology Khabar ४ कार्तिक २०७९, शुक्रबार

काठमाडौं ।

पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेहरुको संख्या बढ्न थालेको छ। यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर संचालनमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकहरुमा फोनपे प्रति आकर्षण बढेको बताइएको छ।

फोनपे र फेवाताल डुंगा व्यवसायी संघसँगको सहकार्यमा केही दिनअघि फोनपे मार्फत भुक्तानी गर्न सकिने सेवाको सुरुवात गरिएको थियो।

बाराहीघाटमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल र फोनपेका सिइओ दिवस सापकोटाको उपस्थितीमा एक कार्यक्रमकाबीच क्यूआर भुक्तानी सेवाको सुरुवात गरिएको थियो । सोही कार्यक्रममा मनोरञ्जन प्रदान गर्न बोटिङ्ग प्रतिषपर्धा आयोजना गरिएको थियो भने फोनपेका ब्राण्ड एम्बेष्डर सन्दीप क्षेत्रीले मनोरञ्जन प्रदान गरेका थिए।

फोनपेले यतिबेला चाडवाड लक्षित विभिन्न अफरहरु समेत सञ्चालन गरिरहेको छ। यसैगरि क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसङको आकर्षक मोबाईल फोन जित्न सक्नेछन्। मर्चेन्टहरुको यो योजना कार्तिक १२ गतेसम्म सञ्चालन हुने जनाएको छ।

प्रकाशित: ४ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया