‘ग्यापु टिकटक हिरोज सिजन २’ को फारम खुल्ला, साढे तीन लाखसम्मको पुरस्कार

  • Technology Khabar | ४ कार्तिक २०७९, शुक्रबार
‘ग्यापु टिकटक हिरोज सिजन २’ को फारम खुल्ला, साढे तीन लाखसम्मको पुरस्कार

काठमाडौं ।

अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘टिकटक हिरोज सिजन २’ को फारम खुलाएको छ।

टिकटक प्रयोगकर्ताले सहभागी हुनका लागि कत्तिक ४ देखि १८ गते भित्र ग्यापुको एपमा गइ निशुल्क फारम भर्न सक्नेछन्।

सहभागी टिकटक प्रयोगकर्ताले जुनसुकै किसिमको भिडियो बनाएर आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्नुपर्ने हुन्छ। उत्कृष्ट एक सय जनालाई छनोट गरि प्रतियोगितालाई अघि बढाउने व्यवस्था गरिएको ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माले बताए।

उक्त प्रतियोगितामा विजेतालाई ३ लाख ५० हजार, प्रथमलाई २ लाख, दोस्रोलाई १ लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार तोकिएको शर्मा बताउँछन्।

प्रकाशित: ४ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार