नबिल फोनलोनमार्फत अब बिना धितो रु. २ लाख सम्म कर्जा लिन पाईने

  • Technology Khabar | ४ कार्तिक २०७९, शुक्रबार
नबिल फोनलोनमार्फत अब बिना धितो रु. २ लाख सम्म कर्जा लिन पाईने

काठमाडौं ।

नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ।

यसअघि नबिल फोनलोनको सीमा एक लाख रुपैयाँ रहेकोमा त्यसलाई बढाएर अब दुई लाख रुपैयाँ पुर्याएको बताएको छ। यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको छ।

नबिल बैंक, फोनलोनको अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैंक रहेको बैंकको दाबी गरेको छ।

अब बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्युआर मर्चेन्टहरू पनि फोनलोनका लागि योग्य हुनेछन्।

यसअघि भने उक्त बैंकमा तलब खाता भएकाहरूले मात्र यस्तो लोनको सुविधा पाइरहेका थिए।

बैंकले फोनलोनका अफरहरूलाई पनि अपग्रेड गरेको छ। अब यस्तो लोनका लागि योग्य ग्राहकले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोनलोनको आइकन देख्न सक्नेछन्।

बैंकले ग्राहकहरूको सुविधाका लागि ‘बाइ नाओ पे लेटर’ को सुविधा तथा लोनबापत लिएको रकम चुक्ता गर्न इएमआइको सुविधा समेत उपलब्ध गराउने छ।

ग्राहकहरूले खरिद गर्दा कुनै पनि फोन पे मर्चेन्ट क्युआर कोडहरू स्क्यान गर्न सक्छन् र आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला ‘बाइ नाओ पे लेटर’ को विकल्प रोज्न सक्छन्।

आफ्नो फोनलोन बक्यौता चाँडै तिर्न खोज्ने ग्राहकहरूलाई आफ्नो फोनलोन  एपबाट प्रिपे गर्ने विकल्प पनि उपलब्ध हुनेछ।

यस अन्तर्गत बैंकले कुनै पूर्वभुक्तानी शुल्क नलिई ग्राहकहरूको खातामा पर्याप्त रकम भएमा ऋणको तत्काल निकासी गर्न अनुमति दिने बताइएको छ।

‘नेपालमा बैंकिङ अझै पनि विकासको प्रक्रियामा छ, तर अहिले मुख्यतया कानुनी र नियामक व्यवस्थाका कारण र एनपिए व्यवस्थापनमा सहजताका कारण धितोमा आधारित ऋणमा केन्द्रित छ,’ नबिल बैंकका एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख निरज बस्नेत (डनिल)ले बताए।

प्रकाशित: ४ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार