भोली शुक्रबार केपी ओलीसँग फोनमा कुरा गर्न सकिने

  • Technology Khabar | ३ कार्तिक २०७९, बिहीबार
भोली शुक्रबार केपी ओलीसँग फोनमा कुरा गर्न सकिने

काठमाडौं ।

पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग फोनमा भोली शुक्रबार कात्तिक ४ गते प्रत्यक्ष कुरा गर्न सकिने भएको छ।

फोनमा कुरा गर्न १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र सम्पर्क नम्बर टिपाएको उनले फेसबुक मार्फत जनाएका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा आफूसँग कुरा गर्न चाहनेले नम्बर टिपाउनुहोला भन्दै पोस्ट गरेका छन्। उक्त जानकारीपछि उत्साहपूर्ण सहभागिताले आफु खुसी भएको जनाएका छन्।

कूरा गर्न चाहाने सर्वसाधारणले आज बिहिबार मध्यान्न १२ बजेसम्म नाम टिपाउनुपर्नेछ।

प्रकाशित: ३ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार