नक्कली स्मार्ट लाइसेन्स बोक्ने अबदेखि ट्राफिकको फन्दामा, रिडर मेसिनबाट जाँचिने

  • Technology Khabar | २ कार्तिक २०७९, बुधबार
नक्कली स्मार्ट लाइसेन्स बोक्ने अबदेखि ट्राफिकको फन्दामा, रिडर मेसिनबाट जाँचिने

काठमाडौं ।

अबदेखि नक्कली स्मार्ट लाइसेन्स बोक्ने ट्राफिकको फन्दामा पर्ने भएका छन्।

यातायात व्यवस्था विभागले मंगलबार स्मार्ट लाइसेन्स जाँच गर्नका लागि ट्राफिक प्रहरीलाई १ सय ९८ थान रिडर मेसिन उपलब्ध गराएको हो।

रिडर मेसिनका माध्यमबाट अब ट्राफिक प्रहरीले लाइसेन्स जाँच गर्नेछ। रिडर मेसिनबाट स्मार्ट लाइसेन्स जाँच्न शुरु गरेसँगै नक्कली लाइसेन्स बोक्ने फन्दामा पर्ने भएका हुन्।

स्मार्ट कार्ड रिडर पहिलो पटक ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

विभागले सूचना तथा प्रविधि आयोजना अन्तर्गत ८४ लाख १८ हजार ९६ रुपैयाँ बराबरको २०० थान स्मार्ट कार्ड रिडर र २०० थान स्याम कार्ड प्राप्त गरेको थियो।

यसअघि स्मार्ट कार्ड रिडर नहुँदा कार्ड तथा बाहकहरूको पहिचानमा निकै असहज थियो। अब भने ट्राफिक व्यवस्थापनमा सहज हुने विश्वास लिइएको छ।

प्रकाशित: २ कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार