शिक्षा क्षेत्रलाई बलियो पार्न एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली

  • Technology Khabar | १ कार्तिक २०७९, मंगलवार
शिक्षा क्षेत्रलाई बलियो पार्न एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली

काठमाडौं ।

शिक्षा क्षेत्रलाई बलियो पार्न एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको छ।

नेपालका सबै विद्यालयमा शैक्षिक विवरणको सङ्कलन, भण्डारण, प्रशोधन, विश्लेषण, विकास, अभिमुखीकरण तथा प्रयोगलाई विश्वासिलो र भरपर्दो बनाउनका लागि मौजुदा सूचना प्रणालीलाई अझ व्यवस्थितसँगै प्रभावकारी हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले जनाएका छन्।

उनले टेक्नोलोजीखबरसँग कुरा गर्दै भने,“शैक्षिक संस्थाका शैक्षिक विवरण समयमा नै अद्यावधिक गर्ने गराउने कार्यको सुनिश्चित गर्नु निर्देशिकाको उद्देश्य रहेकोले सबै शैक्षिक संस्थाले प्रयोग गरेका,विकास गर्ने शैक्षिक सूचना प्रणालीबीच सह–सम्बन्ध र अन्तर आबद्धता हुनुका साथै विवरण र गुणस्तर बलियो हुनेछ।”

चालु शैक्षिक वर्षमै यो कार्यान्वयन हुने र सबै विद्यालयमा निर्देशिका लागु गर्न निर्देशन समेत दिएको प्रवक्ता शर्माले उल्लेख गरे।

उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा रहने उक्त निर्देशन समितिमा ९ सदस्यले कार्य बलियो पार्ने दाबी गरे।

९ ओटा परिच्छेद, ४४ बुँदामा रहेको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका जारी भएकाले शैक्षिक अवस्थामा सबै सुधार हुने मन्त्रालयले जनाएको छ।

शिक्षा ऐन २०२८ को दफा १९ (क) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले ‘एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका २०७९’ बनेको हो।

निर्देशिकामा विद्यार्थीको शैक्षिक स्थिती बलियो हुनुका साथै आपत्कालीन अवस्थामा प्रतिकार्य तथा सिकाइ निरन्तरताका लागि आधार प्रदान गर्नु र शैक्षिक संस्थाको सञ्चालन, व्यवस्थापन तथा दक्षता अभिवृद्धि गरी वैधता कायम गर्नु उद्देश्य रहेका छन्।

यसले शैक्षिक संस्थाको भौतिक निर्माणको विवरण, शैक्षिक संस्थाको चल अचल सम्पत्ति सम्बन्धी विवरण, कक्षागत तथा विधागत विद्यार्थी विवरण राख्न लगायत कार्य गर्न मन्त्रालयले एक एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीको विकास गर्नेछ ।

एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका अनुसार कुनै पनि शैक्षिक संस्थाको विवरणको उपयोग सरकारी निकायको स्वीकृतिमा मात्र त्यस्तो विवरणको उपयोग गर्न सकिने छ।

प्रकाशित: १ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार