बैंक अफ काठमाण्डूको क्यूआर भुक्तानीमा २५% सम्मको नगदफिर्ता योजना

  • Technology Khabar | १ कार्तिक २०७९, मंगलवार
बैंक अफ काठमाण्डूको क्यूआर भुक्तानीमा २५% सम्मको नगदफिर्ता योजना

काठमाडौं ।

बैंक अफ काठमाण्डूले तिहारलाई लक्षित गर्दै २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत बैंकले मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबार गर्नेलाई सो मात्राको नगद फिर्ता दिने भएको हो।

यो योजना कार्तिक १ गतेदेखि कार्तिक ६ गते आइतबारसम्म मात्र लागू हुने छ । यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकले मात्र नगद फिर्ता पाउने छन् ।

यो योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले नगद फिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा १५० रुपैयाँसम्मको नगद फिर्ता पाउने छन्। बैंकले यस योजनाबाट समग्र विद्युतीय कारोबारमा वृद्धि हुने विश्वास लिएको छ।

हालसम्म बैंकले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ।

प्रकाशित: १ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

AED installed at Bishal Bazar to strengthen community emergency response

  • Technology Khabar
  • १ कार्तिक २०७९, मंगलवार